टेस्लाले ल्याउँदै मोडल वाईको सस्तो भर्सन
टेस्लाले आफ्नो लोकप्रिय एसयूभी मोडल वाईको नयाँ र किफायती संस्करण पेश...
टेस्लाले आफ्नो निराशाजनक बिक्रीलाई गति दिन सस्तो मोडल वाई लन्च गर्ने घोषणा गरेको छ । सस्तो मोडल वाई आएपछि यसले कम्पनीको आम्दानी बढाउन मद्धत गर्ने कम्पनीको बुझाई छ ।
टेस्लाका मालिक एलोन मस्कले यस वर्षको सुरुमै किफायती मोडेलहरू लन्च गर्ने बताएका थिए । यद्यपि, पूर्ण रूपमा नयाँ मोडेल लन्च गर्नुको सट्टा कम्पनीले हाल बिक्री भइरहेको मोडल वाईको स्ट्रिप–डाउन संस्करण रोजेको हो । सस्तो मोडल वाईको उत्पादन यसै वर्षको सेप्टेम्वरदेखी सुरु हुने जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्सर्जन आदेश फिर्ता लिएपछि ४७ हजार ५०० सरकारी इलेक्ट्रिक कारमा हाल दिईदै आएको अनुदान रोकिने कारण पनि टेस्लाले घरेलु बजारमै दबाव महशुस गरिरहेकको छ । नयाँ सस्तो मोडलले अमेरिकी बिक्रीलाई प्रोत्साहन गर्ने र ट्रम्पको नितीले निम्तिनसक्ने संभावित जोखिमलाई कम गर्ने टेस्लाको विश्वास छ ।
औसत मोडल बिक्री मूल्यमा कमी र सञ्चालन खर्चमा बृद्धि जस्ता कारण टेस्लाको दोस्रो त्रैमासिक आम्दानीमा १६ प्रतिशतले कमी आएर ४१.१७ बिलियन पुगेको छ । साथै, सो अबधीमा कम्पनीले आफ्नो कारको बजार १३ प्रतिशतले गुमाउनु परेको थियो ।
टेस्लाको पाइपलाइनमा हाल त्यस्तो कुनै मोडलहरु नभएपनि ब्रान्डको आगामी सेल्फ ड्राइभिङ प्रविधिले आम्दानी बढाउन महत्वपूर्ण भुमिका खेल्ने एलोन मस्कले अपेक्षा गरेका छन् । उनका अनुसार यसको रोबोट्याक्सी सेवा र साइबरक्याब जस्ता सवारी साधनले आम्दानी बढाउने छ । साथै, कम्पनीले ह्युमनोइड रोबोटको विकासमा पनि ठूलो लगानी गरेको छ ।
टेस्लाले आफ्नो लोकप्रिय एसयूभी मोडल वाईको नयाँ र किफायती संस्करण पेश...
युरोपेली कार बजार तीव्र गतिमा रूपान्तरण हुँदै गएको छ। रिपोर्टका अनुसार...
टेस्ला ईभीका लागी आवश्यक कम्पोनेन्टको विश्वव्यापी आपूर्तिकर्ता बन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...