टाटा ग्रुपले टेस्लालाई कम्पोनेन्ट सप्लाई गर्ने
टेस्ला ईभीका लागी आवश्यक कम्पोनेन्टको विश्वव्यापी आपूर्तिकर्ता बन्न...
विश्वका सबैभन्दा धनी व्यवसायी एलन मस्कको कम्पनी टेस्लाले चालकविहीन कार डेलिभरी गरेर विश्वभर नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीले हालै आफ्नो पूर्ण स्वचालित 'मोडल वाई' इलेक्ट्रिक कार कारखानाबाट सिधै ग्राहकको घरमा पुर्याएर अटोमोबाइल उद्योगमा एउटा ऐतिहासिक कोसेढुंगा पार गरेको हो।
एलन मस्कले आफ्नो जन्मदिनको अवसरमा सो उपलब्धि हासिल भएको बताएका छन्। टेस्लाले आफ्नो एक्स ह्यान्डलमा कार डेलिभरीको भिडियो सेयर गरेको छ, जसमा कार आफैं चलिरहेको स्पष्ट देख्न सकिन्छ। सो कारले ट्राफिक सिग्नलमा रोकिने, अगाडि कुनै गाडी वा व्यक्ति आएमा आफैं रोकिने र त्यसपछि अगाडि बढ्ने जस्ता कार्य सहजै गरेको भिडियोमा देखाइएको छ।
टेस्लाले एक आधिकारिक पोस्टमा टेक्सास शहरमा 'मोडल वाई' को पहिलो पूर्ण स्वचालित डेलिभरी सफल भएको पुष्टि गरेको छ। कम्पनीका अनुसार, सो कार पार्किङ स्थल, राजमार्ग र शहरका सडक हुँदै कुनै चालक वा रिमोट अपरेटर बिना नै आफ्नो गन्तव्यमा पुगेको थियो। रिपोर्टका अनुसार सो कारले डेलिभरीको क्रममा अधिकतम करिब ११६ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको जानकारी दिइएको छ ।
टेस्लाले 'मोडल वाई' लाई पूर्ण रूपमा स्वचालित बनाउनका लागि अपडेट गरेको हो। सो कार पहिलो पटक मार्च २०१९ मा लन्च गरिएको थियो। 'मोडल वाई' को विश्वव्यापी मूल्य ४० हजार डलरबाट सुरु हुन्छ। सो कार ३ भेरिएन्टमा उपलब्ध छ ।
टेस्ला ईभीका लागी आवश्यक कम्पोनेन्टको विश्वव्यापी आपूर्तिकर्ता बन्न...
टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१०...
१५ जुलाई २०२५ भारतको इलेक्ट्रिक सवारी साधन उद्योगका लागि ऐतिहासिक दिन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...