डोर ह्यान्डलमा जोखिम, टेस्लासहित लाखौँ गाडी फिर्ता बोलाइयो

काठमाडौं–गाडीको डोर ह्यान्डलमा देखिएको सुरक्षा जोखिमका कारण टेस्ला, जिली, साओमी र एक्सपेङसहितका प्रमुख अटोमोबाइल कम्पनीहरूले चीनमा लाखौँ गाडीहरू फिर्ता बोलाउने घोषणा गरेका छन् ।

चिनियाँ बजार नियमन प्राधिकरणको नयाँ निर्देशन अनुसार सवारीभित्र रहेका आपत्कालीन यान्त्रिक डोर ह्यान्डलहरू भित्री सजावटको रङसँग मिलेमिल्दो भएकाले आपत्कालीन अवस्थामा यात्रुले सजिलै चिन्न र प्रयोग गर्न नसक्ने पाइएको छ । कम भोल्टेज प्रणालीमा खराबी आउँदा वा दुर्घटना हुँदा गाडीभित्र अड्किएका यात्रुहरूले ढोका खोल्न नसक्ने जोखिम देखिएपछि यो कदम चालिएको हो ।

हालै साओमीको एसयू७ सेडान गाडी दुर्घटनामा पर्दा ढोकाको आपत्कालीन ह्यान्डल भेट्टाउन नसकेर तीन जना विद्यार्थीको ज्यान गएको घटनापछि चीन सरकारले ढोकाका ह्यान्डल सम्बन्धी नियममा कडाइ गरेको छ ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सन् २०२७ देखि लागू हुने गरी नयाँ मापदण्ड तोकेको भए तापनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बजार नियामकले अहिले नै सवारी फिर्ताको प्रक्रिया सुरु गराएको हो ।

यस निर्णयबाट टेस्लाका करिब ३० लाख गाडीहरू प्रभावित भएका छन् भने जिली, लिपमोटर, चेरी, डोङफेङ, बीएआईसी र हङछी जस्ता कम्पनीका विभिन्न मोडलहरू पनि यसमा परेका छन् ।

समस्या समाधानका लागि अटो निर्माता कम्पनीहरूले फिर्ता बोलाइएका गाडीहरूमा निःशुल्क चेतावनी लेबल लगाइदिनेछन् ताकि आपत्कालीन ह्यान्डल स्पष्टसँग देखियोस् । साथै, धेरैजसो गाडीहरूमा दुर्घटनापछि स्वतः ढोकाका सिसा तल झर्ने प्रविधिसहितको ओभर–द–एयर सफ्टवेयर अपडेट पनि उपलब्ध गराइनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...