सवारी उद्योगमा लोकप्रिय बन्दै ओटीए प्रविधि
विश्व अटोमोबाइल उद्योग तीव्र रुपमा सफ्टवेयरद्वारा संचालित सवारी साधन...
टेस्लाले लोकप्रिय इलेक्ट्रिक एसयूभी मोडल वाईमा सफ्टवेयर अपडेट गरेको छ । विश्वव्यापी रूपमा सो नयाँ मोडलको लन्च २०२५ जनवरी १० मा भएको थियो भने चीनमा यसको डेलिभरी २०२५ फेब्रुअरी २६ बाट सुरु गरिएको थियो । लन्च भएको दिनमै यसले ५० हजारभन्दा बढी बुकिङ प्राप्त गरेको थियो र केवल फेब्रुअरी महिनामा ३० हजारभन्दा बढी युनिट बिक्री भएको थियो।
टेस्लाले मोडल वाईका लागि नयाँ सफ्टवेयर संस्करण २०२५.८.६ जारी गरेको छ। यस अपडेटमा सुधारिएको अटो सिफ्ट सुविधा समावेश गरिएको छ । यसअघि मोडल ३, मोडल एस र मोडल एक्समा दिइएको सो सुविधा अब अझ स्मार्ट बनाइएको छ र मोडल वाईमा पनि उपलब्ध गराइएको छ।
अघिल्लो संस्करणमा अटो सिफ्टले केवल ‘पार्क’ मोडबाट गाडी निकाल्ने सुविधा मात्र दिन्थ्यो। तर नयाँ अपडेटसँगै यो सिस्टम थप उन्नत भएको छ। अब सो सुविधाले कारलाई थ्री पोइन्ट टर्न गर्न पनि मद्दत गर्छ, जसले साँघुरो ठाउँमा गाडी मोड्न सजिलो बनाउँछ ।
नयाँ अटो सिफ्ट सिस्टमले कारको वरपरको अवस्थाको आधारमा स्वतः पार्क, ड्राइभ र रिभर्स मोडहरू बीच परिवर्तन गर्छ। यसको अर्थ साँघुरा स्थानमा गाडी चलाउँदा वा पार्किङ गर्दा अब स्क्रिनमा बारम्बार गियर परिवर्तन गर्नु पर्दैन ।
सो सुविधा प्रयोग गर्नका लागि पहिला गाडीको सेटिङ खोल्नुपर्छ त्यसपछि प्याडल र स्टेयरिङको विकल्पमा छान्नुपर्छ र अन्तमा अटो सिफ्ट विकल्प छानेर यसलाई सक्रिय गर्न सकिन्छ ।
यद्यपि टेस्लाका अनुसार एक्सेलेरेटर थिच्नुअघि चालकले सधैं गाडीको दिशा सुनिश्चित गर्नुपर्छ । यदि अटो सिफ्टले अपेक्षित रूपमा काम नगरेमा स्क्रिनमा रहेको ड्राइभ मोड स्ट्रिपबाट गियर म्यानुअल रूपमा पनि परिवर्तन गर्न सकिन्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...