चितवन र बुटवलमा सेगवेको नयाँ शोरुम विस्तार
काठमाडौं– सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले...
लामो समयदेखि भारतमा टेस्ला इलेक्ट्रिक कार लन्च गर्ने विषयमा छलफल भइरहेको थियो । तर यसमा कुनै सफलता पाएको थिएन । अहिले एलन मस्कको टोलीले यस विषयमा भारत सरकारसँग फेरि छलफल सुरु गरेकोे खबर सार्वजनिक भएको छ ।
यसपटक टेस्लाका प्रतिनिधिले ठोस प्रस्ताव ल्याएका छन् र कम्पनीले हरेक वर्ष ५ लाख इलेक्ट्रिक कार उत्पादन गर्ने कारखाना स्थापना गर्न सरकारसँग प्रस्ताव राखेका छन् ।
रिपोर्टका अनुसार टेस्लाले भारतमा २० लाख भारु मूल्यमा टेस्लाको कार लन्च गर्ने प्रस्ताव अघि सारेको छ । यद्यपि यो इलेक्ट्रिक कारको प्रारम्भिक मूल्य हुनेछ ।
टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार टेस्लाको चीनमा उल्लेखनीय उपस्थिति पछि अब भारतमा पनि आफ्नो उपस्थिति बलियो बनाउन सक्नेछ ।
टेस्ला यस पटक भारतमा सकारात्मक नतिजा ल्याउनेमा विश्वस्त देखिन्छ । यसको लागि टेस्ला र भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयसँग वार्ता भइरहेको छ । यद्यपि टेस्ला भारत आउँदै गरेको सम्बन्धमा सरकार र कम्पनीले कुनै आधिकारिक बयान वा घोषणा भने गरेका छैनन् ।
काठमाडौं– सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले...
हाइब्रिड कारमा पेट्रोल वा डिजेल इन्जिन हुनुका साथै केही हदसम्म इलेक्ट्रिक...
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल डब्ल्युएन७ प्रस्तुत गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...