टेस्लाको पहिलो इलेक्ट्रिक ट्रक पेप्सीलाई डेलिभरी, सामान्य कार भन्दा ३ गुणा शक्तिशाली

टेस्लाले आफ्नो इलेक्ट्रिक ट्रकको डेलिभरी पेप्सीलाई दिएको छ । सो इलेक्ट्रिक ट्रक सामान्य ट्रक भन्दा ३ गुणा शक्तिशाली भएको कम्पनीले दाबी गरेको छ । सो ट्रक २० सेकेन्डमा ० देखि ९७ किलोमिटर प्रति घन्टाको गतिमा गुड्ने क्षमता छ । यसको ब्याट्रीको रेन्ज ८०५ किलोमिटर छ ।

पेप्सीले डिसेम्बर २०१७ मा १०० ट्रकको अर्डर गरेको थियो । सो ट्रकको अर्डर वालमार्ट र यूपीएसले पनि गरेका थिए ।

सो ट्रकमा ज्याकनाइफिङलाई रोक्नका लागि ट्रयाक्शन कन्ट्रोल, ब्याट्री एफिशिएन्सी बढाउनका लागि रिजनरेटिभ ब्रेकिङ, सीमलेस हाईवे ड्राइभिङका लागि अटोमेटिक क्लच, राम्रो भिजिबिलिटीका लागि युनिक सेन्ट्रल सिटिङ, दुबै तर्फ ठुलो स्क्रिन, कपहोल्डर्स र वायरलेस फोन चार्जर दिइएको छ ।

कम्पनीले सो ट्रकका लागि नयाँ लिक्विड कुल्ड चार्जिङ कनेक्टरको निर्माण गरेको छ । जसको १ मेगावाट डिसी करेन्ट पावर दिने क्षमता रहेको छ । सो ट्रकको मूल्य करिब १५ लाख डलर रहेको छ ।

डेमलर, भल्भो, पिटरबिल्ट र बीवाईडी जस्ता कम्पनीले पनि इलेक्ट्रिक ट्रकमा काम गरिरहेका छन् । भविष्यमा टेस्लाको इलेक्ट्रिक ट्रकले यी कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ ।

सम्बन्धित समाचारहरू

हिरोले नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने, टिजर सार्वजनिक

हिरोले नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने, टिजर सार्वजनिक

हिरो इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने भएको छ ।...

१ लाख ७४ हजारमा आइमा टाइगर एस५ इलेक्ट्रिक स्कुटर

१ लाख ७४ हजारमा आइमा टाइगर एस५ इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा हालै चिनियाँ नम्बर वान ईभी ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर...

१० अर्व डलरको ब्रान्ड भ्यालु सहित वीवाइडी वन्यो चीनको सर्बाधिक मूल्यवान अटो ब्रान्ड

१० अर्व डलरको ब्रान्ड भ्यालु सहित वीवाइडी वन्यो चीनको सर्बाधिक मूल्यवान अटो ब्रान्ड

वीवाइडी यो वर्षका लागि चीनको सवैभन्दा मूल्यवान अटो ब्रान्ड वनेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...