चितवनमा फोटोन शोरुमको शुभारम्भ र नयाँ माउन्टेन ईभी सार्वजनिक
चितवन – नेपालका लागि फोटोन ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि...
टेस्लाले आफ्नो इलेक्ट्रिक ट्रकको डेलिभरी पेप्सीलाई दिएको छ । सो इलेक्ट्रिक ट्रक सामान्य ट्रक भन्दा ३ गुणा शक्तिशाली भएको कम्पनीले दाबी गरेको छ । सो ट्रक २० सेकेन्डमा ० देखि ९७ किलोमिटर प्रति घन्टाको गतिमा गुड्ने क्षमता छ । यसको ब्याट्रीको रेन्ज ८०५ किलोमिटर छ ।
पेप्सीले डिसेम्बर २०१७ मा १०० ट्रकको अर्डर गरेको थियो । सो ट्रकको अर्डर वालमार्ट र यूपीएसले पनि गरेका थिए ।
सो ट्रकमा ज्याकनाइफिङलाई रोक्नका लागि ट्रयाक्शन कन्ट्रोल, ब्याट्री एफिशिएन्सी बढाउनका लागि रिजनरेटिभ ब्रेकिङ, सीमलेस हाईवे ड्राइभिङका लागि अटोमेटिक क्लच, राम्रो भिजिबिलिटीका लागि युनिक सेन्ट्रल सिटिङ, दुबै तर्फ ठुलो स्क्रिन, कपहोल्डर्स र वायरलेस फोन चार्जर दिइएको छ ।
कम्पनीले सो ट्रकका लागि नयाँ लिक्विड कुल्ड चार्जिङ कनेक्टरको निर्माण गरेको छ । जसको १ मेगावाट डिसी करेन्ट पावर दिने क्षमता रहेको छ । सो ट्रकको मूल्य करिब १५ लाख डलर रहेको छ ।
डेमलर, भल्भो, पिटरबिल्ट र बीवाईडी जस्ता कम्पनीले पनि इलेक्ट्रिक ट्रकमा काम गरिरहेका छन् । भविष्यमा टेस्लाको इलेक्ट्रिक ट्रकले यी कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ ।
चितवन – नेपालका लागि फोटोन ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि...
नेपालले दिगो यातायाततर्फको विश्वव्यापी ट्रेन्डलाई अँगाल्दै गर्दा...
सरकारले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...