लन्च भयो याडिया जी६ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ६० हजार
काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
लगभग ४ वर्ष पहिले नोभेम्बर २०१९ मा टेस्लाले साइबरट्रक पिकअप मोडल सार्वजनिक गरेको थियो । तर विभिन्न बाधाका कारण सो बहुप्रतीक्षित इलेक्ट्रिक पिकअपको परियोजना २ वर्ष पछि सरेको थियो । तर हालै टेस्लाले साइबरट्रकको पहिलो प्रोडक्शन कम्पनीको गिगाफ्याक्ट्रीबाट सार्वजनिक गरेको छ ।
टेस्ला इंकले गिगा टेक्सासका कामदारले घेरिएको पहिलो साइबरट्रक ट्विटर मार्फत सेयर गरेको छ । एलन मस्कले पनि सो ट्विटमा रिट्विट गर्दै कम्पनीका टोलीलाई बधाई दिएका छन् । एलन मस्कले ढिलाइको लागि माफी माग्दै यस वर्षको अन्त्यमा साइबरट्रकको उत्पादन सुरु गर्ने र साइबरट्रक अपेक्षा गरिएको भन्दा पनि धेरै राम्रो भएको जानकारी दिएका छन् ।
टेस्ला साइबरट्रकमा अल इलेक्ट्रिक पावरट्रेनको सुविधा हुनेछ । साथै छोटो समयका लागि डुङ्गाको रूपमा चलाउन सक्ने क्षमता सहितको अत्याधुनिक प्रविधि पनि हुनेछ । यसमा रियर ह्विल स्टेयरिङ, ठुलो फ्रकं, सुपरफास्ट चार्जिङ, इन्फोटेनमेन्ट सेन्टर जस्ता फिचर हुने सम्भावना छ । सो मोडेलमा टेस्लाको भी४ मेगाचार्जिङ हार्डवेयर प्रयोग गर्ने अपेक्षा गरिएको छ ।
यद्यपि, टेस्ला साइबरट्रकको फाइनल प्रोडक्शनको स्पेसिफिकेशनको बारेमा केही खुलासा गरिएको छैन । सो मोडलको सबै विवरण केही महिना पछि खुल्ने अपेक्षा गरिएको छ । टेस्लाले साइबरट्रकको चरणबद्ध रूपमा उत्पादन बढाउनेछ । अमेरिकामा साइबरट्रकको मूल्य ४० हजार डलरबाट सुरु हुने अपेक्षा गरिएको छ ।
काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
कोरोना महामारी र त्यसले निम्त्याएको लामो लकडाउनका कारण समग्र अर्थ...
काठमाडाैं – राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...