कम सीसीका मोटरसाइकल स्कुटरमा बढ्यो वार्षिक कर

काठमाडौं – बागमती प्रदेश सरकारले दुई पांग्रे सवारी साधनको कर बढाएको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको भए पनि प्रदेश सरकारले भने साउन १ देखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको कर बढाएको हो ।

मन्त्रालयका अनुसार मोटरसाइकल तथा स्कुटरको सीसी अनुसार २ सय देखि २ हजार रुपैयाँ सम्म कर बढाइएको छ ।

मन्त्रालयका अनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको कर ३ हजार रुपैयाँ पुगेको छ । यो भन्दा पहिले यस्ता सवारी साधनको कर २ हजार ८ सय रुरुपैयाँ थियो ।

यस्तै १२६ सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ५ हजार, १५१ देखि २२५ सीसीसम्मको ६ हजार ५ सय, २२६ देखि ४०० सीसीसम्मको अधिकतम ११ हजार रुपैयाँ पुगेको छ ।

४ सय सिसीदेखि माथि ६५० सीसी र ६५० देखि माथिका सबै खाले मोटरसाइकल तथा स्कुटरको सवारी कर यथावत अर्थात क्रमशः २० हजार र ३० हजार नै कायम गरिएको मन्त्रालयले जनाएको छ ।

यसका साथै विद्युतीय सवारी साधनमा ३५० वाट देखि एकहजार वाटसम्मका सवारीमा २ हजार रुपैयाँ, एक हजारभन्दा माथि १ हजार ५०० वाट सम्मको २ हजार ५ सय रुपैयाँ र १ हजार ५०० भन्दा माथिका सवारीमा अधिकतम ३ हजार रुपैयाँ कर कायम गरिएको छ ।

सम्बन्धित समाचारहरू

हिरोले दुई नयाँ सस्तो इलेक्ट्रिक स्कुटर ल्याउँदै, जुलाईमा लन्च हुने

हिरोले दुई नयाँ सस्तो इलेक्ट्रिक स्कुटर ल्याउँदै, जुलाईमा लन्च हुने

हिरो मोटोकर्पले जुलाई २०२५ मा दुई नयाँ किफायती इलेक्ट्रिक स्कुटर लन्च...

हिरोका मोटरसाइकल र स्कुटरको भयो मूल्य वृद्धि, यस्तो छ नयाँ मूल्य सूची

हिरोका मोटरसाइकल र स्कुटरको भयो मूल्य वृद्धि, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा उपलब्ध हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरको मूल्य...

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक नेपाल जनरल मार्केटिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...