सुदूरपश्चिममा पनि अब विद्युतीय सवारी साधनमा कर लाग्ने

सुदूरपश्चिम प्रदेशसभाले गत आइतबार ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ।

पारित विधेयकमा निजी तथा सार्वजनिक विद्युतीय सवारीसाधनमा कर लगाउने व्यवस्था गरिएको छ। प्रदेशमा विद्युतीय सवारी साधनमा कर लगाउने यो नयाँ व्यवस्था हो। पारित विधेयकमा निजी विद्युतीय सवारीसाधनतर्फ मोटरसाइकल र स्कुटरमा १ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म कर लाग्ने व्यवस्था छ।

त्यस्तै निजी कार, जीप, भ्यान, माइक्रो बस र बसमा १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म कर लगाइएको छ। त्यस्तै सार्वजनिक विद्युतीय सवारीसाधनतर्फ कार, जीप, भ्यान, माइक्रोबस र बसमा २ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म कर लगाउने व्यवस्था गरिएको छ।

यसअघि सुदूरपश्चिममा दर्ता भएका कुनै पनि विद्युतीय सवारीसाधनले कर तिर्नु परेको थिएन। आइतबार प्रदेशसभाबाट पारित भएको विधेयक अब प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पठाइनेछ। प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि उक्त कर व्यवस्था कार्यान्वयनमा आउनेछ।

प्रदेश सरकारले ५०० वाटसम्मका मोटरसाइकल र स्कुटरमा १ हजार रुपैयाँ, ५०१ देखि १००० वाटसम्ममा १ हजार ५ सय रुपैयाँ र १००१ देखि १५०० सय वाटसम्मका विद्युतीय सवारी साधनमा २ हजार रुपैयाँ कर तिर्नुपर्नेछ। त्यस्तै १ हजार ५०१ वाटभन्दा माथि सबैले ३ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्नेछ।

त्यस्तै विद्युतीय कार, जीप, भ्यान, माइक्रोबस र बसमा समेत कर निर्धारण गरिएको छ। प्रदेशमा दर्ता भएका ४८ किलोवाटसम्ममा कार, जीप, भ्यान, माइक्रोबस र बसमा १० हजार, ५० देखि १२५ वाटसम्मकामा १५ हजार र १२५ देखि २२५ वाटसम्मका सवारीसाधनमा २० हजार रुपैयाँ वार्षिक कर निर्धारण गरेको छ।

त्यस्तै २२५ किलोवाटभन्दा माथि सबै सवारीसाधनमा वार्षिक ३० हजार रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था प्रदेश सरकारले गरेको छ। त्यस्तै सार्वजनिक विद्युतीय सवारीसाधनमा पनि कर निर्धारण गरिएको छ।

मुलुकका अरू प्रदेशले विद्युतीय सवारी साधनलाई करको दायरामा ल्याइसकेका छन्। सुदूरपश्चिम प्रदेशले पहिलो पटक विद्युतीय सवारी साधनबाट कर उठाउने अभ्यास गर्न गइरहेकाले अन्य प्रदेशको तुलनामा करको दर कम राखेको जनाइएको छ।

सम्बन्धित समाचारहरू

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...

२०२४ मा यी कम्पनीले लन्च गर्दैछन् कम मूल्यका इलेक्ट्रिक कार

२०२४ मा यी कम्पनीले लन्च गर्दैछन् कम मूल्यका इलेक्ट्रिक कार

इलेक्ट्रिक सवारीसाधनको युग सुरु भएको छ । सन् २०२४ मा धेरै नयाँ इलेक्ट्रिक...

विद्युतीय सवारी र अनएसेम्बल्ड मोटरसाइकलको आयात बढ्यो, अन्य सवारीको आयात घट्यो

विद्युतीय सवारी र अनएसेम्बल्ड मोटरसाइकलको आयात बढ्यो, अन्य सवारीको आयात घट्यो

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...