लन्च हुने अन्तिम तयारीमा हुन्डाईको नयाँ आयोनिक भी, आकर्षक मूल्यमै ६५० किमीसम्म रेन्ज
काठमाडौं–हुन्डाईले चिनियाँ बजारमा आफ्नो आयोनिक ब्रान्डको पहिलो मोडल...
भारतीय अटोमोबाइल बजारमा टाटा मोटर्सले इलेक्ट्रिक सवारी साधनमा आफ्नो बलियो पकड कायम राखेको छ । भारतमा जुलाई महिनामा इलेक्ट्रिक सवारी साधनको बिक्री तथ्याङ्क सार्वजनिक भएको छ । सो तथ्याङ्क अनुसार सो महिना टाटा मोटर्सको ईभीले बिक्रीमा आफ्नो बर्चस्व कायम राखेको छ ।
टाटा मोटर्स : जुलाई २०२६ मा टाटा मोटर्सले गत महिनाको ३१ दिनमा १२५८४ दर्ताका साथ ईभी खण्डमा आफ्नो शीर्ष स्थान कायम राखेको छ। यसले टाटाको इलेक्ट्रिक कारको विश्वास र माग बलियो रहेको प्रमाणित गर्छ।
महिन्द्रा एण्ड महिन्द्रा : महिन्द्रा एण्ड महिन्द्राले आफ्नो बलियो पोर्टफोलियोको कारणले गर्दा ईभी बजारमा दोस्रो स्थान सुरक्षित गरेको छ। महिन्द्राले जुलाईमा कुल ७२०३ इलेक्ट्रिक कार दर्ता रेकर्ड गरेको छ।
जेएसडब्ल्यु एमजी मोटर: जुलाई २०२६ मा ५२१९ दर्ताका साथ जेएसडब्ल्यु एमजी मोटर इन्डियाले सूचीमा तेस्रो स्थान हासिल गर्यो। एमजीले आफ्ना एड्भान्स टेक्नोलोजीका कारण भारतीय ग्राहकलाई आकर्षित गरेको छ ।
मारुती सुजुकी : जुलाई महिनाको इलेक्ट्रिक कार बिक्री तथ्याङ्कको सूचीमा मारुती सुजुकी चौथो स्थानमा छ । सुजुकीको एकमात्र इलेक्ट्रिक एसयूभी ई-भिटाराको कुल १४५९ युनिट बिक्री भएको छ। मारुती सुजुकी शीर्ष ५ को दौडमा चौथो स्थानमा छ ।
भिनफास्ट : जुलाई २०२६ मा भिनफास्ट शीर्ष ५ इलेक्ट्रिक कार कम्पनीहरूको सूचीमा पाँचौं स्थानमा छ, जसमा कुल १,४१८ ईभी दर्ता भएका थिए। भिनफास्टले धेरै छोटो समयमा भारतीय बजारमा बलियो स्थान स्थापित गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...