टाटा ईभी ग्राहकका लागि सिप्रदीद्वारा ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ गरिदै

काठमाडौं - टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले ईभी प्रयोगकर्तालाई लक्षित गर्दै विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प घोषणा गरेको छ।

जाडो मौसममा विद्युतीय सवारी साधनको प्रदर्शन, दिगोपन र सुरक्षा सुनिश्चित गर्न डिसेम्बर ७ देखि १०, २०२५ अर्थात आज देखि सुरु भई आगामी बुधबार सम्म देशभरका सिप्रदी सर्भिस केन्द्रमा विशेष सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

सर्भिस क्याम्पमा सहभागी हुने ग्राहकले विभिन्न निःशुल्क सेवाहरू प्राप्त गर्नेछन्। कम्पनीका अनुसार, निःशुल्क लेबर चार्ज, निःशुल्क टप वासिङ, कम्प्युटर डायग्नोसिस, ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेक जाँच लगायत एक पूर्ण १०–प्वाइन्ट चेकअप सेवा निःशुल्क रूपमा प्रदान गरिनेछ। साथै, जाडोका लागि आवश्यक स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १८ प्रतिशतसम्म छुट उपलब्ध गराइने भएकाले सर्भिसिङ झनै किफायती र सहज हुने बताइएको छ।

क्याम्पमा नियमित ईभी सर्भिसिङसँगै ईभी एक्सचेन्ज सेवा पनि उपलब्ध हुनेछ। नयाँ टाटा ईभी खरिद गर्न चाहने ग्राहकका लागि यो कार्यक्रम एक महत्वपूर्ण विकल्प र सुविधा हुने कम्पनीको दाबी छ। सिप्रदीका अनुसार, एक्सचेन्ज योजनाले विद्युतीय सवारी साधनप्रतिको आकर्षणलाई थप बढाउने र ग्राहकलाई उपयुक्त अपग्रेड विकल्प प्रदान गर्ने लक्ष्य राखिएको छ।

सिप्रदी ट्रेडिङले विद्युतीय गतिशीलता विस्तार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि ग्राहकमैत्री र प्रभावकारी अभियान निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचारहरू

पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात, नेपालभर १०० युनिट भन्दा बढी बुकिङ

पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात, नेपालभर १०० युनिट भन्दा बढी बुकिङ

काठमाडौं – नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा...

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला हुने

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला हुने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

आइसीई र इलेक्ट्रिक विकल्प भएको भारतको पहिलो कार टाटा कर्भको पेट्रोल र डिजेल संस्करण लन्च

आइसीई र इलेक्ट्रिक विकल्प भएको भारतको पहिलो कार टाटा कर्भको पेट्रोल र डिजेल संस्करण लन्च

टाटा मोटर्सले कर्भको पेट्रोल र डिजेल भेरिएन्ट लन्च गरेको छ । सो टाटा कर्भ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...