टाटाको नयाँ इलेक्ट्रिक एसयूभी परीक्षणका क्रममा देखियो, सन् २०२७ मा लन्च हुने सम्भावना
टाटा मोटर्सको लग्जरी इलेक्ट्रिक एसयूभी अभिन्या एक्स भारतीय सडकमा...
टाटा मोटर्सको वहुप्रतिक्षित विद्युतीय एसयूभी सिएरा लन्च हुने मिति नजिकिँदै गएको छ । कम्पनीले यस वर्षको दोस्रो त्रैमासिकमा सिएरा ईभी लन्च गर्ने योजना बनाएको छ ।
ह्यारियर ईभी भन्दा तल रहने यस नयाँ एसयूभीले भारतमा हुन्डाई क्रेटा इलेक्ट्रिक, मारुती ई– भिटारा र महिन्द्रा बीई६ सँग प्रतिस्पर्धा गर्नेछ ।
सिएरा ईभी आईसीई सिएराकै डिजाइनमा आधारित रहनेछ । यसमा ब्ल्याङ्क–अफ फ्रन्ट फेसिया हुनेछ भने पूर्ण–चौडा एलईडी लाइट बारको साथ स्प्लिट हेडल्याम्प डिजाइन कायम रहनेछ ।
सिएरा ईभीको इन्टेरियर समेत आईसीई सिएराबाटै लिने अपेक्षा गरिएको छ । यसको तल्लो ट्रिममा डुअल डिस्प्ले र उच्च भेरिएन्टमा ट्रिपल–स्क्रिन सेटअप पाइनेछ ।
सो नयाँ ईभी सिंगल मोटर रियर–व्हिल ड्राइभ र डुअल–मोटर अल–व्हिल ड्राइभ कन्फिगरेसनमा उपलब्ध हुनेछ । धेरै ब्याट्री विकल्प उपलब्ध हुने सक्ने अनुमान गरिएको यस ईभी ब्याट्री–एज–ए–सर्भिस (बास) मोडलमा समेत उपलब्ध हुने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...