टाटाको नयाँ इलेक्ट्रिक एसयूभी परीक्षणका क्रममा देखियो, सन् २०२७ मा लन्च हुने सम्भावना
टाटा मोटर्सको लग्जरी इलेक्ट्रिक एसयूभी अभिन्या एक्स भारतीय सडकमा...
टाटा मोटर्सले पन्च ईभीको फेसलिफ्ट भर्सन लन्च हुने मिती घोषणा गरेको छ । टाटाले पन्च ईभीको फेसलिफ्ट फेब्रुअरी २० लन्च हुने घोषणा गरेको हो । पन्च ईभीले इसिई संस्करणमा जस्तै कस्मेटिक र फिचर अपडेटहरू प्राप्त गर्नेछ ।
सो ईभीमा शार्प देखिने एलईडी हेडल्याम्प र एलईडी डिआरएल सहितको पुनः डिजाइन गरिएको फ्रन्ट फेसिया उपलब्ध हुने अपेक्षा गरिएको छ ।
साथै एलईडी लाइट बारद्वारा जडान गरिएको एलईडी टेललाइटको नयाँ सेट समेत उपलब्ध हुने अनुमान गरिएको छ । कारमा बेस्पोक फ्रन्ट बम्पर र एयरो–अप्टिमाइज्ड ह्वीलसहित केही ईभी स्पेसिफिक परिवर्तन हुने अपेक्षा समेत गरिएको छ ।
यसअघि मिडलाइफ अपडेट प्राप्त गरेको पन्च ईभीमा रिफ्रेस गरिएको इन्टेरियर दिइएको थियो । आगामी संस्करणले उही आधुनिक लुकलाई अगाडि बढाउने सम्भावना देखिएको छ ।
कारमा टु–स्पोक स्टेयरिङ ह्वील, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टच वेस्ड कन्ट्रोल एयर–कन्डिसनिङ सिस्टम र ठूलो सेन्ट्रल टचस्क्रिन उपलब्ध हुनेछ ।
पन्च ईभी फेसलिफ्ट रेगुलर पन्च झैं २५ किलोवाट आवर र ३५ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध हुने जनाइएको छ । यस कारले एकपटकको फुल चार्जमा ३६५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...