४ महिनामा दोस्रो पटक मूल्य बढाउँदै टाटा मोटर्स, प्यासेन्जर कार ३ प्रतिशत सम्मले महंगो हुने

टाटा मोटर्सले भारतमा आगामी अप्रिलदेखि आफ्ना सवारी साधनहरूको मूल्य ३ प्रतिशतसम्म बढाउने योजना बनाएको छ । चार महिनामा कम्पनीले गरेको यो दोस्रो मूल्य वृद्धि हुनेछ । जनवरीमा, टाटाले आफ्ना प्यासेन्जर कारहरूको मूल्य ३ प्रतिशतसम्म बढाएको थियो ।

एक विज्ञप्ती जारी गर्दै कम्पनीले भनेको छ, ‘बढ्दो इनपुट लागतको प्रभावलाई आंशिक रूपमा अफसेट गर्न यो मूल्य समायोजन गरिएको हो । वृद्धिको सीमा मोडेल र भेरिएन्टमा निर्भर गर्दछ ।’

टाटा मोटर्सले यसअघि कमर्सियल भेइकलमा समेत मोडलर र भेरिएन्ट हेरी २ प्रतिशतसम्म मूल्य बृद्धि गरेको थियो ।

भारतमा बृद्धि भएको मूल्यको प्रभाव नेपाली बजारमा समेत पर्ने हुँदा आगामी दिनमा टाटाका प्यासेन्जर कार थप महंगो पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले भारतीय बजारमा ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने

टाटा मोटर्सले भारतीय बजारमा ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने

टाटा मोटर्सआफ्नो पोर्टफोलियो बलियो बनाउने योजनामा ​​छ । टाटाले अब ३ नयाँ...

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

आगामी असोज २४ अर्थात फूलपातीको दिन देखि प्रदर्शनमा आउने नयाँ नेपाली...

टाटा मोटर्सले १ लाख इलेक्ट्रिक कार बेच्यो, बिक्री चार्टमा नेक्सन ईभी शीर्ष स्थानमा

टाटा मोटर्सले १ लाख इलेक्ट्रिक कार बेच्यो, बिक्री चार्टमा नेक्सन ईभी शीर्ष स्थानमा

टाटा मोटर्सको नेक्सन ईभी लन्चिङ समयदेखि हालसम्म १ लाख युनिट बिक्री गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...