जुन ३० मा डेब्यू हुँदै टाटा सिएरा ईभी, यस्तो हुनेछ विशेषता

टाटा मोटर्सले यसै महिनाको ३० तारिखमा सिएरा ईभीको उत्पादन संस्करण डेब्यू गर्ने तयारी गरेको छ ।

कम्पनीले सिएराको आईसीई भर्सन भने यसअघिनै डेब्यू गरिसकेको छ । सो भर्सन डेब्यू गर्दा टाटा मोटर्सले यसको ईभी भर्सनको झलक समेत प्रस्तुत गरेको थियो । जसअनुसार, दुबै संस्करणको डिजाइन समान देखिए पनि, ईभीमा ब्ल्याङ्क अफ फ्रन्ट फेसिया र री–डिजाइन गरिएको फ्रन्ट बम्पर हुने अपेक्षा गरिएको छ । कारमा एरो अप्टिमाइज्ड एलोई ह्विल समेत उपलब्ध हुने अनुमान गरिएको छ ।

सिएरा ईभीको इन्टेरियरमा आईसीई संस्करणमा जस्तै ट्रिपल स्क्रिन लेआउट उपलब्ध हुने संभावना देखिएको छ । यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन र १२.३ इन्चको प्यासेन्जर स्क्रिन समावेश छन् ।

टाटाको एक्टि.ईभी+ आर्किटेक्चरमा तयार हुने यस एसयूभी सिंगल र डुअल मोटर कन्फिगरेसनमा उपलब्ध हुनेछ । साथै, यसम ६५ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताको ब्याट्री विकल्प पाइनेछ ।

सिएरालाई कम्पनीले आफ्नो लाइनअपमा कर्भ ईभी र ह्यारियर ईभीको बिचमा राख्ने जनाएको छ । सो एसयूभी नेपाली बजारका लागि समेत प्रतिक्षा गरिएको ईभी हो ।

सम्बन्धित समाचारहरू

दशैंमा टाटाका ७५१ गाडी डेलिभरी भयो नेपालमा

दशैंमा टाटाका ७५१ गाडी डेलिभरी भयो नेपालमा

यो दशैंमा टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी...

टाटा नेक्सनको २ लाखौ कार रोल आउट, यस्तो छ टाटा नेक्सनको मूल्य र फिचर

टाटा नेक्सनको २ लाखौ कार रोल आउट, यस्तो छ टाटा नेक्सनको मूल्य र फिचर

टाटा मोटर्सले भारतमा आफ्नो २ लाखौ कार रोल आउट गरेको छ । टाटाको लोकप्रिय...

अपडेटेड टाटा ह्यारियर फेसलिफ्ट चाँडै बजारमा आउँदै, फर्स्ट लुक सार्वजनिक

अपडेटेड टाटा ह्यारियर फेसलिफ्ट चाँडै बजारमा आउँदै, फर्स्ट लुक सार्वजनिक

टाटाले लामो समयदेखि परीक्षण कालमा रहेको ह्यारियर फेसलिफ्ट चाँडै लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...