टाटाको नयाँ इलेक्ट्रिक एसयूभी परीक्षणका क्रममा देखियो, सन् २०२७ मा लन्च हुने सम्भावना
टाटा मोटर्सको लग्जरी इलेक्ट्रिक एसयूभी अभिन्या एक्स भारतीय सडकमा...
टाटाको लोकप्रिय ह्याचब्याक कार टियागो ईभी अपग्रेड भएर आउने मिति नजिकिँदै गएको छ । टाटा मोटर्सले हाल यसको सडक परीक्षण गरिरहेको छ र परीक्षणका दौरान यसका स्पाई तस्विरहरु बाहिर आइरहेका छन् । तर, यसपटक अनलाइनमा यसको तस्विर अलि फरक देखिएको छ ।
भारी क्यामफ्लाजले नयाँ फ्रन्ट फेसिया लुकाएको देखिएपनि इलेक्ट्रिक ह्याचब्याकमा ब्ल्याङ्क्ड–अफ ग्रिल र नयाँ फ्रन्ट बम्परको साथ पुनः डिजाइन गरिएको नोज सेक्सन पाउने सम्भावना देखाएको छ । यसमा नयाँ र शार्प देखिने एलईडी हेडल्याम्प राखिएका छन । साथै, कारको पछाडि केही कस्मेटिक अपडेट समेत गरिएको छ ।
इन्टेरियरको कुरा गर्नुपर्दा यस ह्याचब्याक कारमा पहिलेभन्दा केही ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, उज्यालो टाटा लोगो भएको २–स्पोक स्टेयरिङ ह्विल र नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पाउन सक्ने अनुमान गरिएको छ ।
टियागो फेसलिफ्टमा पहिलेजस्तै १९.२ र २४ किलोवाट आवर क्षमताको ब्याट्री विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ । यस कारले एकपटकको फुल चार्जमा ३१५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...