फोटोन ईभी भ्यानको परीक्षण सम्पन्न, नेपाली सडक उपयुक्त भएको निष्कर्ष
काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल...
टाटा मोटर्सले आगामी सेप्टेम्बर २८ मा टाटा टियागोको इलेक्ट्रिक भर्सन लन्च गर्ने भएको छ । सो एसयूभी लन्च गर्नु अघि टाटा मोटर्सले यसको केही फिचर खुलासा गरिसकेको छ । टाटा टियागो बाहेक, टाटा मोटर्सले पहिले देखि नै नेक्सन ईभी र नेक्सन ईभी म्याक्स बिक्री गरिरहेको छ ।
टाटा टियागो पेट्रोल, सीएनजी र इलेक्ट्रिक भेरिएन्टमा उपलब्ध हुनेछ । टाटा मोटर्सले यसअघि टियागोको सीएनजी भर्सन लन्च गरिसकेको छ । टिगोर पनि ईभी भेरिएन्ट सहित पेट्रोल र सीएनजी भेरिएन्टमा उपलब्ध छ ।
टाटाले टियागो ईभीमा पेडल ड्राइभ टेक्नोलोजीका साथै क्रुज मोड पनि उपलब्ध हुने पुष्टि गरेको छ । यसको साथै एसयूभीमा बलियो रिजेनेरेटिभ ब्रेकिङ सिस्टम हुनेछ, जसले इलेक्ट्रिक ह्याचब्याकको ब्याट्री चार्ज गर्न मद्दत गर्नेछ । यसमा मल्टि मोड रिजन फक्शनेलिटी पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
टाटा टियागो ईभीमा नेक्सन ईभी र टिगोर ईभीमा जस्तै जिपट्रोन प्रविधि हुने अनुमान गरिएको छ । यसमा २१.५ केडब्ल्युएच र १६.५ केडब्ल्युएचको ब्याट्री समावेश गर्ने अनुमान गरिएको छ ।
टियागो ईभीमा टिगोर ईभी भन्दा ठूलो ब्याट्री जडान गरिनेछ । टिगोर ईभीले एक पटक चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिन्छ । टिगोर ईभीलाई डिसी फास्ट चार्जरको मदतले १ घन्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल...
काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...