साझाको विद्युतिय वसले आजबाट सेवा शुरु गर्ने, यस्तो छ विशेषता
साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा विद्युति बसबाट सेवा सुरु गर्न...
काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिद्युतीय सवारीका लागि एनएमबि बैंकसँग बीवाईडीका सवारी साधनहरु आकर्षक ब्याजदर सहित उपलब्ध गराउनका लागि सम्झौता गरेको छ ।
साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन्, ‘बीवाईडी विश्वभरका मानिसहरुलाई दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । एनएमबि बैंकसँगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।’
बीवाईडी बिभिन्न मोडलका बिद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका बिद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा बिद्युतीय सवारी साधनको बढ्दो
मागसँगै यस साझेदारीले दिगो तथा गतिशील समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।
एनएमबि बैंकले ५ वर्षसम्मका लागि १२.४९ प्रतिशत निश्चित दरमा, अनि त्यसपछिको २ वर्षसम्म सामान्य दरमा ८० प्रतिशत ईभी फाइनान्स प्रदान गर्नेछ ।
एनएमबि बैंक र साइमेक्स इंक प्रालि बीचको सम्झौता एक दिगो भविष्य प्राप्त गर्नको लागि एक ठोस कदम भएको बैंकको भनाइ छ । सो वित्तीय व्यवस्थाले नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र दिशानिर्देशहरुको पालना गर्ने र भरपर्दो वित्तीय विकल्प उपलब्ध गराएको सुनिश्चित गर्ने बताइएको छ ।
साइमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ (रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने बीवाईडी अल न्यु ई६ (रु. ५९ लाख) मा बजारमा उपलब्ध गराइरहेको छ ।
केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ अब १२ लाख ९८ हजार वा बीवाईडी अल न्यु ई६ मात्र रु ११ लाख ८० हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा विद्युति बसबाट सेवा सुरु गर्न...
फोटोनको इलेक्ट्रिक भ्यान नेपाल आएको छ । नेपालका लागि आधिकारिक वितरक...
महिन्द्राले हालसालै सार्वजनिक गरेको आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...