२ बर्षमा ५० हजार यूनिट बिक्री भयो टाटा टियागो ईभी, नेपालमा पनि लोकप्रिय बन्दै

काठमाडौं–टाटा मोटर्सले आफ्नो इन्ट्रि लेभल कार टियागो ईभी ५० हजार यूनिट बिक्री भएको जनाएको छ ।

सेप्टेम्बर २०२२ मा लन्च गरिएको टियागो ईभी भारतमा सबैभन्दा छिटो बुक गरिएको ईभी थियो । यो कारले मात्र २४ घण्टामा १० हजारभन्दा बढी यूनिट बुकिङ प्राप्त गरेको थियो । यसैगरी, डेलिभरी सुरु गरेको ४ महिनामा १० भन्दा बढी र १७ महिनामा कुल ४० हजार युनिट टियागो ईभी बिक्री गरेको थियो ।

टियागो ईभीमा टाटाले १९.२ र २४ किलोवाट आवरको ब्याट्री विकल्प दिएको छ । ५५ किलोवाट मोटर जडान गरिएको ईभीलाई एपकटक फुल चार्ज गर्दा ३१५ किलोमिटरसम्म गुडाउन सकिने दाबी गरिएको छ ।

टियागो ईभी नेपाली बजारमा समेत उपलब्ध छ । नेपालमा यसको लङ रेन्ज भेरिएन्टमात्र उपलब्ध छ, जसको मूल्य २७ लाख ४९ हजारदेखी ३० लाखसम्म पर्छ । ईन्ट्रि लेभल कारमा रुची राख्ने नेपाली ईभी पारखीमाझ यो लोकप्रिय बनिरहेको छ ।

सम्बन्धित समाचारहरू

टाटाको १३.७ प्रतिशत बजार हिस्सेदारीसहित एक दशकमा सबैभन्दा धेरै पीभी बिक्रीको रेकर्ड कायम

टाटाको १३.७ प्रतिशत बजार हिस्सेदारीसहित एक दशकमा सबैभन्दा धेरै पीभी बिक्रीको रेकर्ड कायम

टाटा मोटर्सले ग्राहकको मन जित्दै एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ, जो...

पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात, नेपालभर १०० युनिट भन्दा बढी बुकिङ

पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात, नेपालभर १०० युनिट भन्दा बढी बुकिङ

काठमाडौं – नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा...

टाटा पन्च ईभी भित्रियो नेपाल, परीक्षण पश्चात नाडा अटो शोमा प्रदर्शन गरिने

टाटा पन्च ईभी भित्रियो नेपाल, परीक्षण पश्चात नाडा अटो शोमा प्रदर्शन गरिने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...