टाटा सुमोकाे मोडर्न कन्सेप्ट डिजाइन भाइरल

टाटा सुमो फेरि एकपटक चर्चामा आएको छ । बक्सी, बलियो र डिजाइनका कारण यो एक समय भारतीय सडकको परिचित कार बनेको थियो। उच्च ग्राउन्ड क्लियरेन्स, मजबुत बनावट र अफरोड क्षमताका कारण सुमो ग्रामीण क्षेत्रदेखि सैन्य प्रयोगसम्म लोकप्रिय रह्यो। तर अप्रिल २०१९ मा बीएस६ उत्सर्जन मापदण्डका कारण यसको उत्पादन बन्द भएको थियो ।

हालै सामाजिक सञ्जाल एक्समा टाटा सुमोको आधुनिक अवतारको कल्पना गर्दै केही आकर्षक तस्बिरहरू सार्वजनिक गरेपछि यी तस्बिरहरू तीव्र गतिमा भाइरल भइरहेको छ । । हरियो रङमा प्रस्तुत गरिएको सो अवधारणा सुमो अगाडि, छेउ, पछाडि र भित्री भाग सबै कोणबाट प्रभावशाली देखिन्छ।

यसको फ्रन्टमा स्लिम एलईडी हेडलाइट, बीचमा टाटाको लोगो र आधुनिक तर क्लासिक अनुभूति दिने बलियो ग्रिल देख्न सकिन्छ। साइड प्रोफाइलमा ठूला पाङ्ग्राहरू, उच्च ग्राउन्ड क्लियरेन्स र कालो क्ल्याडिङले यसको रफ–टफ चरित्र झल्काउँछ। पछाडिको भागमा कनेक्टेड एलईडी टेललाइट र ठूला सुमो अक्षरहरूले यसलाई थप दमदार बनाएको छ । इन्टेरियरमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, आधुनिक ड्यासबोर्ड, आरामदायी सिटहरू र फराकिलो क्याबिन देखिन्छ ।

टाटा सुमोको इतिहास पनि त्यत्तिकै रोचक छ। सन् १९९४ मा लन्च गरिएको सुमो भारतको पहिलो बहु–उपयोगी सवारी साधनमध्ये एक थियो। यसको नाम टाटा मोटर्सका पूर्व प्रबन्ध निर्देशक सुमन्त मूलगांवकरको नामबाट राखिएको हो। सुरुआतमा १० सिट क्षमता भएको सो एसयूभी विशेषगरी सैन्य र अफरोड यातायातका लागि डिजाइन गरिएको थियो। बडी–अन–फ्रेम च्यासिस र शक्तिशाली डिजेल इन्जिनका कारण यो अत्यन्तै बलियो र भरपर्दो मानिन्थ्यो। १९९० र २००० को दशकमा सुमो ट्याक्सीदेखि पारिवारिक यात्रासम्म सर्वत्र प्रयोग भयो। पछि भिक्टा र गोल्ड संस्करण आए तर बीएस६ उत्सर्जन मापदण्डका कारण २०१९ मा यसको उत्पादन बन्द भयो।

यदि नयाँ टाटा सुमो लन्च भयो भने, यसमा २.२ लिटरको डिजेल इन्जिन, टर्बो–पेट्रोल विकल्प र ४x४ ड्राइभट्रेन उपलब्ध हुन सक्ने अनुमान छ । साथै, आधुनिक सुविधाअन्तर्गत एलईडी डीआरएल, बोल्ड ग्रिल, एप्पल कारप्ले र एन्ड्रोइड अटो, एयरब्याग, एबीएस र पछाडिको पार्किङ क्यामेराजस्ता फिचरहरू समावेश हुन सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

४६ लाख ४९ हजार रुपैयाँमै आयो टाटा नेक्सन ईभी म्याक्स

४६ लाख ४९ हजार रुपैयाँमै आयो टाटा नेक्सन ईभी म्याक्स

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा ग्रुपले टेस्लालाई कम्पोनेन्ट सप्लाई गर्ने

टाटा ग्रुपले टेस्लालाई कम्पोनेन्ट सप्लाई गर्ने

टेस्ला ईभीका लागी आवश्यक कम्पोनेन्टको विश्वव्यापी आपूर्तिकर्ता बन्न...

गाडी किन्नेलाई यो बर्ष छैन नयाँ बर्षको उपहार

गाडी किन्नेलाई यो बर्ष छैन नयाँ बर्षको उपहार

यसपटकको नयाँ बर्षमा नयाँ गाडी किन्न चाहने ग्राहकले कुनैपनि अफर र स्किम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...