यस्तो छ केवल साढे ५ वर्षमै ५ लाख युनिट बिक्री भएको टाटा नेक्सन
टाटा मोटर्सले भारतीय बजारमा ५ लाख वटा नेक्सन बिक्री–वितरण गर्न सफल भएको छ।...
टाटा मोटर्सले भारतीय बजारमा ह्यारियर ईभी लन्च गर्ने तयारी गरिरहेको छ । साथै पेट्रोल र डिजेल इन्जिनको साथमा टाटा सिएरा २०२५ को अन्तमा लन्च गर्ने अनुमान गरिएको छ । सिएरा पछि टाटाले आफ्नो ईभी लाइनअप विस्तार गर्ने योजना बनाएको छ ।
कम्पनीले हालै सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा नयाँ सिएरा एसयूभी उत्पादनको लागि तयार आईसीई संस्करणको डेब्यू गरेको थियो । सो एसयूभी निकट भविष्यमा इलेक्ट्रिक संस्करणमा पनि लन्च हुनेछ । टाटा सिएराको पेट्रोल, डिजेल र इलेक्ट्रिक मोडेलको डिजाइन समान हुनेछ, यद्यपि ईभी स्पेसिफिकेसनमा केही परिवर्तन हुनेछ ।
टाटा सिएरामा पेट्रोल र डिजेल दुबै इन्जिनमा हुनेछ, जसमा १.५ लिटर टर्बो पेट्रोल र २.० लिटर डिजेल इन्जिन समावेश हुनेछ । यसमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिशन हुने अनुमान गरिएको छ । सो दुवै इन्जिनले लगभग १७० पीएसको पावर उत्पादन गर्नेछ ।
नयाँ टाटा सिएरामा ब्ल्याक-पेन्टेड रुफलाइन, प्यानारोमिक सनरूफ, सिंगल -पीस रियर, ड्युअल टोन अलोय ह्विल, स्टाइलिस टेलगेट, स्लिक टेललाइट, नयाँ अलोय ह्विल र अपडेटेड ग्रिल जस्ता फिचर हुनेछ ।
टाटा मोटर्सले भारतीय बजारमा ५ लाख वटा नेक्सन बिक्री–वितरण गर्न सफल भएको छ।...
एसयूभीमा ग्राउन्ड क्लियरेन्स केवल प्राविधिक विवरण मात्र होइन, दैनिक...
काठमाडौं–टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...