पेट्रोल र डिजेल इन्जिनको साथमा टाटा सिएरा यो वर्ष लन्च हुने

टाटा मोटर्सले भारतीय बजारमा ह्यारियर ईभी लन्च गर्ने तयारी गरिरहेको छ । साथै पेट्रोल र डिजेल इन्जिनको साथमा टाटा सिएरा २०२५ को अन्तमा लन्च गर्ने अनुमान गरिएको छ । सिएरा पछि टाटाले आफ्नो ईभी लाइनअप विस्तार गर्ने योजना बनाएको छ ।

कम्पनीले हालै सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा नयाँ सिएरा एसयूभी उत्पादनको लागि तयार आईसीई संस्करणको डेब्यू गरेको थियो । सो एसयूभी निकट भविष्यमा इलेक्ट्रिक संस्करणमा पनि लन्च हुनेछ । टाटा सिएराको पेट्रोल, डिजेल र इलेक्ट्रिक मोडेलको डिजाइन समान हुनेछ, यद्यपि ईभी स्पेसिफिकेसनमा केही  परिवर्तन हुनेछ ।

टाटा सिएरामा पेट्रोल र डिजेल दुबै इन्जिनमा हुनेछ, जसमा १.५ लिटर टर्बो पेट्रोल र २.० लिटर डिजेल इन्जिन समावेश हुनेछ । यसमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिशन हुने अनुमान गरिएको छ । सो दुवै इन्जिनले लगभग १७० पीएसको पावर उत्पादन गर्नेछ ।

नयाँ टाटा सिएरामा ब्ल्याक-पेन्टेड रुफलाइन, प्यानारोमिक सनरूफ, सिंगल -पीस रियर, ड्‍युअल टोन अलोय ह्विल, स्टाइलिस टेलगेट, स्लिक टेललाइट, नयाँ अलोय ह्विल र अपडेटेड ग्रिल जस्ता फिचर हुनेछ ।

सम्बन्धित समाचारहरू

सस्तो मूल्यमा सुजुकी, टाटा र हुन्डाईले नयाँ एसयूभी लन्च गर्ने

सस्तो मूल्यमा सुजुकी, टाटा र हुन्डाईले नयाँ एसयूभी लन्च गर्ने

ग्राहकहरु माझ कम्प्याक्ट एसयूभी निकै लोकप्रिय रहेको छ । सस्तो र कम मर्मत...

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा, यस्ता छन् सुविधा

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा, यस्ता छन् सुविधा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले...

नेपाल आइपुग्यो टाटा कर्भ इभी, छिट्टै लन्च हुने संकेत

नेपाल आइपुग्यो टाटा कर्भ इभी, छिट्टै लन्च हुने संकेत

काठमाडौं – नेपाली बजारका लागि बहुप्रतीक्षित इलेक्ट्रिक कार (ईभी) का रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...