टाटा सिएरा एसयूभी लन्च हुँदै, इलेक्ट्रिक संस्करण पनि लन्च हुने

टाटा मोटर्सले चाँडै नै भारतीय बजारमा नयाँ एसयूभी टाटा सिएरा प्रस्तुत गर्ने तयारी गरिरहेको छ । सो एसयूभी हालै परीक्षणको क्रममा देखिएको छ ।

भारत मोबिलिटी २०२५ अन्तर्गत जनवरीमा आयोजित अटो एक्स्पो २०२५ मा कम्पनीले टाटा सिएरालाई प्रदर्शन गरेको थियो ।  प्रदर्शन गरिएको संस्करण र परीक्षण कालको संस्करण केही हदसम्म मिल्दोजुल्दो छ ।

मिडिया रिपोर्टका अनुसार टाटाले सिएरा एसयूभीको फिचरको बारेमा जानकारी खुलासा गरेको छ। कम्पनीले एसयूभीमा १९ इन्चको अलोय ह्विल उपलब्ध गराउन सक्छ । यसका साथै फ्रन्ट र रियरमा कनेक्टिड एलईडी लाइट प्रदान गर्न सकिन्छ । यसमा ट्रिपल स्क्रिन इन्फोटेनमेन्ट र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि प्रदान गर्न सकिन्छ ।

रिपोर्टका अनुसार सो एसयूभी पेट्रोल र डिजेल इन्जिनमा लन्च हुनेछ । साथै एसयूभीको ईभी संस्करण पनि भारतमा लन्च गरिनेछ ।  यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन प्रदान गरिनेछ र यसमा दुई लिटर डिजेल इन्जिनको विकल्प पनि उपलब्ध हुनेछ।

रिपोर्टका अनुसार सो एसयूभी औपचारिक रूपमा यो वर्षको अन्त्यसम्ममा लन्च गर्ने सम्भावना छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...