टाटा सिएरा एसयूभी लन्च हुँदै, इलेक्ट्रिक संस्करण पनि लन्च हुने

टाटा मोटर्सले चाँडै नै भारतीय बजारमा नयाँ एसयूभी टाटा सिएरा प्रस्तुत गर्ने तयारी गरिरहेको छ । सो एसयूभी हालै परीक्षणको क्रममा देखिएको छ ।

भारत मोबिलिटी २०२५ अन्तर्गत जनवरीमा आयोजित अटो एक्स्पो २०२५ मा कम्पनीले टाटा सिएरालाई प्रदर्शन गरेको थियो ।  प्रदर्शन गरिएको संस्करण र परीक्षण कालको संस्करण केही हदसम्म मिल्दोजुल्दो छ ।

मिडिया रिपोर्टका अनुसार टाटाले सिएरा एसयूभीको फिचरको बारेमा जानकारी खुलासा गरेको छ। कम्पनीले एसयूभीमा १९ इन्चको अलोय ह्विल उपलब्ध गराउन सक्छ । यसका साथै फ्रन्ट र रियरमा कनेक्टिड एलईडी लाइट प्रदान गर्न सकिन्छ । यसमा ट्रिपल स्क्रिन इन्फोटेनमेन्ट र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि प्रदान गर्न सकिन्छ ।

रिपोर्टका अनुसार सो एसयूभी पेट्रोल र डिजेल इन्जिनमा लन्च हुनेछ । साथै एसयूभीको ईभी संस्करण पनि भारतमा लन्च गरिनेछ ।  यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन प्रदान गरिनेछ र यसमा दुई लिटर डिजेल इन्जिनको विकल्प पनि उपलब्ध हुनेछ।

रिपोर्टका अनुसार सो एसयूभी औपचारिक रूपमा यो वर्षको अन्त्यसम्ममा लन्च गर्ने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले ल्यायो दशैं लक्षित ‘हातै खाली नजाने अफर’

टाटा मोटर्सले ल्यायो दशैं लक्षित ‘हातै खाली नजाने अफर’

काठमाडौं – टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले...

टाटा पन्च ईभी एकैपटक भव्यताका साथ चार शहरमा लन्च

टाटा पन्च ईभी एकैपटक भव्यताका साथ चार शहरमा लन्च

नेपालमा बहुप्रतीक्षित टाटाको पन्च ईभी एकैपटक चितवन, पोखरा, बुटवल र भैरहवा...

एक्सचेन्जमा जोड दिदै ईभी बिक्रेता, धमाधम पुराना गाडीसँग नयाँ इलेक्ट्रिक गाडी साटिदै

एक्सचेन्जमा जोड दिदै ईभी बिक्रेता, धमाधम पुराना गाडीसँग नयाँ इलेक्ट्रिक गाडी साटिदै

नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा धमाधम भित्रिरहेका छन् । यसबाट नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...