११ लाख ४९ हजार भारुमै आयो टाटा सिएरा, यस्तो छ विशेषता

टाटा मोटर्सले आफ्नो वहुप्रतिक्षित फेमिली कार सिएरा एसयूभी लन्च गरेको छ । सुरुवाती मूल्य ११ लाख ४९ हजार भारुमा लन्च भएको सो नयाँ एसयूभीको बुकिङ डिसेम्बर १६ मा खुल्नेछ भने डेलिभरी जनवरी १५, २०२६ मा सुरु हुनेछ ।

ओम्नी इनर्जी एण्ड जिओमेट्री स्केलेबल आर्किटेक्चरमा निर्मित सिएराको डिजाइन आधुनिक र मिनिमलिष्टिक एप्रोचमा आधारित छ । एसयूभीमा स्लीक फुल चौडाइ एलईडी लाइटबारको साथ कालो फ्रन्ट फेसिया रहेको छ । यसमा फ्लश फिटिंग डोर ह्यान्डल राखिएका छन् ।

पछाडि, स्लिम एलईडी टेललाइट र एलईडी लाइट बार जडान गरिएको एसयूभीमा कालो ओआरभीएम, ग्लस ब्ल्याक बडी क्ल्याडिङ, ह्वील आर्च क्ल्याडिङ, ब्ल्याक रूफ रेल, रूफ स्पोइलर, शार्क–फिन एन्टेना र १९ इन्चको डुअल–टोन अलोय ह्वील लगायत उपलब्ध छन् ।

इन्टेरियरको कुरा गर्नुपर्दा सिएरामा १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन, १२.३ इन्चको प्यासेन्जर डिस्प्ले र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर सहितको ट्रिपल–स्क्रिन लेआउट उपलब्ध गराइएको छ । एसयूभीको केन्द्रमा उज्यालो टाटा लोगो भएको ४ स्पोक स्टेयरिङ ह्वील, डुअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, पावर्ड टेलगेट, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, सेन्टर आर्मरेस्ट, रियर सनशेड, हेड–अप डिस्प्ले, १२–स्पिकर जेबिएल साउन्ड सिस्टम, वायरलेस एन्ड्रोइड अटो एण्ड एप्पल कारप्ले, लेभल २ एडास र ३६० डिग्री क्यामेरा राखिएका छन् ।

तीनवटा इन्जिन विकल्पमा उपलब्ध यसको १.५ लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिनले १०४ बिएचपी पावर र १४५ एनएम टर्क जेनेरेट गर्दछ । उक्त इन्जिनलाई ६ स्पीड म्यानुअल वा ७ स्पीड डुअल–क्लच स्वचालित ट्रान्समिसनसँग जोडिएको छ ।

त्यसैगरी, १.५ लिटर डिजेलले ११६ बीएचपी पावर र २६० एनएम टर्क जेनरेट गर्दछ भने १.५ लिटर डाइरेक्ट–इन्जेक्शन टर्बो–पेट्रोल युनिटले १५८ बीएचपी २५५ एनएम टर्क जेनेरेट गर्दछ । दुबै इन्जिनले ६ स्पीड म्यानुअल वा ६ स्पीड अटोमेटिक गियरबक्सको विकल्प पाउँछन् । सिएराको अल–ह्विल–ड्राइभ संस्करण पनि पाइपलाइनमा रहेको छ ।

मिड साइज एसयूभी सेग्मेन्टमा आएको टाटा सिएराले हुन्डाई क्रेटा, किया सेल्टोस र मारुति ग्रान्ड भिटारा लगायत मोडलसंग प्रतिस्पर्धा गर्नेछ । सिएरा निकट भविष्यमै नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...