टाटा सिएराको बुकिङ १ लाख युनिट नाघ्यो, माग वढेपछि उत्पादनमा वृद्धि

टाटा मोटर्सले हालै लन्च गरेको नयाँ एसयूभी सिएराको बुकिङ १ लाख युनिट नाघेको छ । माग निरन्तर बढेपछि कम्पनीले यसको उत्पादन क्षमतालाई समेत बढाएको छ ।

टाटा मोटर्सका अनुसार, जनवरी २०२६ को मध्यदेखि हालसम्म १४ हजार भन्दा बढी एसयूभी डेलिभरी भइसकेका छन् । उत्पादन बढ्दै जाँदा डेलिभरी बढ्ने अपेक्षा गरिएको छ । हालकै उत्पादन क्षमतालाई आधार मान्दा एसयूभी बुकिङ गरेका ग्राहकले १८ महिनासम्म प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

नयाँ सिएरा स्मार्ट प्लस, प्योर, प्योर प्लस, एडभेन्चर र एडभेन्चर प्लस गरी कुल ५ भेरिएन्टमा उपलब्ध छ्, जसको मूल्य ११ लाख ४९ हजार भारुबाट सुरु हुन्छ ।

एसयूभीमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन, १.५ लिटर डिजेल र १.५ लिटर टर्बो–पेट्रोल इन्जिन विकल्प प्रदान गरिएको छ । ट्रान्समिसनको कुरा गर्नुपर्दा नयाँ सिएरामा ६ स्पिड म्यानुअल, ६ स्पिड अटोमेटिक र ७ स्पिड डुअल क्लच अटोमेटिकको विकल्प पाउन सकिन्छ ।

टाटा सिएरा नेपाली बजारका लागि समेत प्रतीक्षा गरिएको एसयूभी हो । भारतीय बजारमै माग अत्यधिक भएका कारण यो एसयूभी तत्काल नेपाल आउने सम्भावना ज्यादै न्यून रहेको अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले हिँजो काठमाण्डौ ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो...

७.७ डिल्स लाइक नेभर बिफोर स्किम, गाडी साट्दा थाइल्यान्ड भ्रमण देखि आइफोन १६ सम्मको अफर

७.७ डिल्स लाइक नेभर बिफोर स्किम, गाडी साट्दा थाइल्यान्ड भ्रमण देखि आइफोन १६ सम्मको अफर

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा नेक्सनको लोकप्रियता घट्दो, बिक्रीमा पन्च अगाडी

टाटा नेक्सनको लोकप्रियता घट्दो, बिक्रीमा पन्च अगाडी

टाटाको सर्बाधिक सफल एसयुभीका रुपमा परिचित नेक्सनको लोकप्रियता पछिल्लो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...