टाटा सफारी, ह्यारियर र अल्ट्रोज पनि इलेक्ट्रिकमा, भोली अटो एक्सपोमा प्रदर्शन हुने

भोलीदेखी भारतमा अटो एक्सपो २०२३ शुरु हुँदैछ । एक हप्तासम्म चल्ने उक्त एक्सपोमा विभिन्न व्राण्डले नयाँनयाँ मोडलका कारलाई शोकेश गर्ने तयारी तिव्र वनाएका छन् । यसपटक मेलामा इलेक्ट्रिक भेइकलको प्रदर्शनीले उच्च महत्व पाउने देखिएको छ ।

यस्तोमा भारतको सवैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता टाटा मोटर्सले पनि आफ्नो कन्सेप्ट इभी देखी हाल कारोवार भइरहेका लोकप्रिय मोडलका इभी भर्सनलाई शोकेश गर्ने भएको छ । टाटाले हालै सफारी, ह्यारियर र अल्ट्रोज इभीको टिजर सार्वजनिक गरेर यसको संकेत दिइसकेको छ । जसका आधारमा भोली यी मोडलका इभी भर्सनलाई समेत एक्सपोमा देख्न पाइनेछ ।

कम्वस्चन इन्जिनमा कारोवार भइरहेका यी गाडीलाई टाटाले हाल प्रयोगमा आइरहेको जिपट्रोन इलेक्ट्रिक पावरट्रेनमा तयार गर्न लागेको हो । यो पावरट्रेनमा कम्पनीले यसअघि नेक्सन र टिगोर इभी ल्याइसकेको छ भने टियागो इभी समेत सार्वजनिक गरिसकेको छ ।

यी इभीको अतिरिक्त टाटाले अभिन्या र कर्भ कन्सेप्टलाई समेत उच्च महत्वका साथ प्रदर्शनीम राख्नेछ । यी दुई कन्सेप्ट मध्ये कर्भलाई उसले सेकेन्ड जेनेरशेन इभी आर्किटेक्चरमा तयार पार्न लागेको हो भने अभिन्यालाई थर्ड जेनेरशेन इभी आर्किटेक्चरमा । यी दुई कन्सेप्टलाई टाटाले २ वर्षपछि बजारमा ल्याउने यसअघि नै उद्घोष गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

एक यूनिट इभीमै फोर्डलाई ५८ हजार वढी डलर नोक्सान, यस्तो छ कारण

एक यूनिट इभीमै फोर्डलाई ५८ हजार वढी डलर नोक्सान, यस्तो छ कारण

अमेरीकन अटो निर्माता फोर्डको इभी यूनिट पुरै घाटामा संचालन भएको विवरण...

वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न

वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न

काठमाडौं– वुलिङ एयर इभीले आइतवार मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ ।...

नयाँ ब्रान्डको ईभी भ्यान नेपाल भित्रिदै, केही दिनमै बिक्री प्रारम्भ हुने (मूल्य सूची सहित)

नयाँ ब्रान्डको ईभी भ्यान नेपाल भित्रिदै, केही दिनमै बिक्री प्रारम्भ हुने (मूल्य सूची सहित)

काठमाडौं – नेपाली बजारमा केही समय देखि उपलब्ध गोल्डेन ड्रयागनका विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...