टाटा पन्चको नयाँ फिचर खुलासा : यस्तो आकर्षक हुनेछ फिचर

टाटा पन्च अक्टोबर ४ मा लन्च हुने भएको छ । लन्चिङ भन्दा पहिला नै टाटा पन्च डिलरशिपलाई वितरण शुरू गरिसकेको छ । जसले गर्दा टाटा पन्चको फिचर बारेमा खुलासा भएको छ । जसमा ९० डिग्रीको ढोका, रिभर्स क्यामेरा, क्रुज कन्ट्रोल, अटोमेटिक रेन सेन्सिङ वाइपर, हर्मन म्यूजिक सिस्टम, एएमटी गियरबक्स रहेको छ ।

टाटा पन्च फरक फरक रङमा देखिएको छ । यो कम्पनीको सबैभन्दा सस्तो एसयूभी बन्नेछ । टाटा पन्च अल्फा प्लेटफर्ममा तयार गरिएको हो । यसमा अल्ट्रोज र नेक्सनबाट प्रेरित ९० डिग्रीको ढोका सामेल गरेको छ ।

कारको इन्टरियर डुअल टोन थिममा राखिएको छ । जसमा ब्ल्याक र ह्वाइट रङको उपयोग गरिएको छ । उक्त रङको संयोजन ड्यासबोर्डमा देख्न सकिन्छ । यसमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले, आईआरए कनेक्टेड कार टेक्नोलोजी समावेश गर्ने सम्भावना रहेको छ ।

यसको साथै कारमा एसी भेन्ट्समा ब्लु हाइलाइट र भित्रको डोर ह्यान्डलमा ह्वाइट इन्सर्टको प्रयोग गरिएको छ । कारको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा गियर पोजिशन, इन्धनको स्तर, ट्रिप मिटर, आरपीएम र डिस्टेन्स टु एम्प्टी आदिको जानकारी देखाउँछ ।

टाटा पन्चमा दुई इन्जिन विकल्प दिइएको छ । पहिलो १.२ लिटर, ३ सिलिन्डर रेभोट्रोन पेट्रोल इन्जिन जसले ८६ बीएचपी र ११३ एनएम टर्क जेनेरेट गर्छ । जबकि दोस्रो १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ११० बीएचपी र १४० एनएम टर्क जेनेरेट गर्छ । कारमा ६ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प प्रदान गरिएको छ ।

टाटा पन्चमा तीन ड्राइभिङ मोड दिने सम्भावना रहेको छ । जसमा एक शहरको लागि, एक हाईवेको लागि र चिप्लो र हिलो सडकको लागि प्रदान गर्नेछ ।

टाटा पन्चले रेनो काइगर, निसान म्याग्नाइट, मारुती इग्निस र सिट्रोन सी३ सँग प्रतिस्पर्धा गर्नेछ । यद्यपि ५÷८ लाख भारु मूल्यको मारुती स्विफ्ट, हुन्डाई नियोससँग पनि प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

मिडसाइज एसयूभी सेगमेन्टमा टाटा कर्भको हलचल, प्रतिद्वन्दीसँग मूल्य तुलना यस्तो

मिडसाइज एसयूभी सेगमेन्टमा टाटा कर्भको हलचल, प्रतिद्वन्दीसँग मूल्य तुलना यस्तो

टाटा मोटर्सले पञ्च र नेक्सन मार्फत कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो...

टाटा अल्ट्रोज फेसलिफ्ट सार्वजनिक, नयाँ डिजाइन र इन्जिन विकल्पसहित मे २१ मा लन्च हुने

टाटा अल्ट्रोज फेसलिफ्ट सार्वजनिक, नयाँ डिजाइन र इन्जिन विकल्पसहित मे २१ मा लन्च हुने

टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक कार टाटा अल्ट्रोजको फेसलिफ्ट...

अटो एक्सपो २०२३ मा टाटा मोटर्सले हाइड्रोजन टेक्नोलोजी सार्वजनिक गर्ने सम्भावना

अटो एक्सपो २०२३ मा टाटा मोटर्सले हाइड्रोजन टेक्नोलोजी सार्वजनिक गर्ने सम्भावना

अटो एक्स्पो २०२३ मा सहभागी हुने ठूला कम्पनीहरूमध्ये टाटा मोटर्स पनि एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...