टाटाको नयाँ इलेक्ट्रिक एसयूभी परीक्षणका क्रममा देखियो, सन् २०२७ मा लन्च हुने सम्भावना
टाटा मोटर्सको लग्जरी इलेक्ट्रिक एसयूभी अभिन्या एक्स भारतीय सडकमा...
टाटाले छिट्टै लन्च गर्ने तयारी गरिरहेको पन्च फेसलिफ्टको उत्पादन संस्करण बाहिर आएको छ । गाडीलाई पुरै छोपेर परिक्षण गर्दै गर्दा यसको स्पाई तस्विर बाहिर आएको हो ।
टाटा पंच ब्रान्डको लाइन–अपमा सबैभन्दा लोकप्रिय मोडेलहरू मध्ये एक हो । सब–कम्प्याक्ट एसयूभीले छिट्टै अपडेट प्राप्त गर्नेछ, जसमा डिजाइन र सुविधाहरू प्राथमिक फोकस हुनेछन् ।
अद्यावधिक गरिएको पंचमा केही कस्मेटिक परिवर्तनहरू हुने अपेक्षा गरिएको छ । पुनः डिजाइन गरिएको फ्रन्ट फेसिया र हालको संस्करण जस्तै स्प्लिट हेडल्याम्प सेटअप सहित कारमा धेरै परिवर्तन हुने अनुमान गरिएको छ । यद्यपी यसबारे कम्पनीले कुनै विवरण भने बाहिर ल्याएको छैन ।
पंच फेसलिफ्टको केन्द्रमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरको साथ डुअल–टोन क्याबिन हुन सक्ने अनुमान गरिएको छ । कारमा टाटाको पछिल्लो टु–स्पोक स्टेयरिङ ह्वील समेत उपलब्ध हुनेछ ।
कारमा हालको १.२ लिटर पेट्रोल इन्जिनले नै निरन्तरता पाउनेछ । जसलाई, ५ स्पीड म्यानुअल अर्थात ५ स्पीड एएमटीसँग जोडिएको हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...