सेकेन्ड ह्यान्ड ईभी किन्न एनएमबी बैंकले कर्जा दिने, ल्यायो ‘प्रि–ओन्ड ईभी फाइनान्सिङ’ योजना
काठमाडौं – एनएमबी बैंकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि पुराना...
टाटा मोटर्सको लोकप्रिय कम्प्याक्ट इलेक्ट्रिक एसयूभी टाटा पन्च ईभीले भारत न्यु कार असेसमेन्ट प्रोग्राम क्र्यास टेस्टमा एडल्ट अक्युपेन्ट प्रोटेक्शन र चाइल्ड अक्युपेन्ट प्रोटेक्शनमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । यसले सुरक्षित र भरपर्दो सवारीसाधन निर्माणमा टाटा मोटर्सको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
भारत एनक्यापले दोस्रो पटक परीक्षण गरेको टाटा पन्च ईभीले एडल्ट अक्युपेन्ट प्रोटेक्शन सेफ्टीमा ३२ मध्ये ३१.०९ अंक र चाइल्ड अक्युपेन्ट प्रोटेक्शन सेफ्टीमा ४९ मध्ये ४५ अंक हासिल गरेको छ। चाइल्ड अक्युपेन्ट प्रोटेक्शनमा अघिल्लो प्रदर्शन भन्दा पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । पछाडिको सिटमा यात्रा गर्ने बालबालिकाको सुरक्षालाई थप मजबुत बनाउन आईएसओफिक्स चाइल्ड सिट एंकरजस्ता आधुनिक सेफ्टी फिचरले महत्त्वपूर्ण भूमिका खेलेको छ।
यसमा एलईडी लाइट, आकर्षक क्याबिन, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, भेन्टिलेटेड सिट, भ्वाइस असिस्टेड इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एयर प्युरिफायर, प्याडल सिफ्टर, ४ लेभल ब्रेक रिजेनरेशन, ३६६ लिटर बुट स्पेस र १९५ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता फिचर उपलब्ध छ ।
टाटा पन्च ईभीमा सेफ्टीका लागि सबै भेरिएन्टमा ६ वटा एयरब्याग, ईबीडीसहितको एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ सेन्सरलगायतका सेफ्टी फिचर उपलब्ध छ । यसको टप भेरिएन्टमा ३६० डिग्री क्यामेरा र ब्लाइन्ड स्पट मनिटर सिस्टमसमेत समावेश गरिएको छ।
टाटा पन्च ईभी २ वटा ब्याट्री विकल्पमा उपलब्ध छ। पहिलो ३० किलोवाट आवर क्षमताको ब्याट्री, जसले फुल चार्जमा ३६५ किलोमिटरसम्मको रेन्ज र दोस्रो ४० किलोवाट आवर क्षमताको ब्याट्री, जसले ४६८ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसमा ८७ देखि १२७ बीएचपीको पावर र १९० एनएम टर्क उत्पादन गर्ने इलेक्ट्रिक मोटर जडान गरिएको छ। सो गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ९ सेकेन्डमा लिन सक्छ। यसको ब्याट्री डीसी चार्जर प्रयोग गरेर २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २६ मिनेट मात्र लाग्छ ।
टाटा पन्च ईभीको मूल्य ९ लाख ६९ हजार भारुदेखि १२ लाख ५९ हजार भारुसम्म रहेको छ । यद्यपि यसमा ब्याट्री एज ए सर्भिस योजनाअन्तर्गत यसको मूल्य ६ लाख ४९ हजार भारु रहेको छ ।
नेपालमा पनि आगामी नाइमा माेबिलिटी एक्सपाेमा याे गाडी प्रदर्शन हुँदैछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...