बुकिङ खुलेको २४ घन्टामै १० हजार युनिट विक्री भयो बीवाईडी सिगल
बीवाईडीको सस्तो इलेक्ट्रिक कार सिगल बुकिङ खुलेको २४ घन्टामा १० हजार युनिट...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको वीरगन्जमा अधिकारिक डिलरको रुपमा प्राइम अटो ट्रेडर्सको नंया शोरुमको उदघाटन गरिएको छ । उदघाटनसँग वीरगन्जमा टाटा पन्च ईभीको डेलिभरी सुरु गरिएको छ ।
सोही कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीका साथै वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर शोरुम उदघाटन गरेका थिए ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सिप्रदी ट्रेडिङ प्रालि वीरगन्ज शाखाका प्रमुख संदिप गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
पन्च ईभीको रिजनल लन्च अन्तर्गत वीरगन्ज लन्चको मौका पारेर नंया शोरुमको पनि उदघाटन गरिएको प्राइम अटो ट्रेडर्सका निर्देशक सुबोध सापकोटाले जानकारी दिए । साथै सोही कार्यक्रममा पन्च ईभी बुक गरेका ग्राहकहरुलाई डेलिभरी दिन पाउँदा थप हर्षित भएको उनले बताए ।
टाटा पन्च ईभीको शुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च ईभीको सो सुरुवाती भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷ एप्पल कार प्लेको आनन्द लिन सकिन्छ ।
पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ भने यो गाडी बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।
बीवाईडीको सस्तो इलेक्ट्रिक कार सिगल बुकिङ खुलेको २४ घन्टामा १० हजार युनिट...
ग्रन्थ इभीले बिक्री गर्दै आएको एफडी मोटर्सका इलेक्ट्रिक स्कुटरमा कुमारी...
काठमाडौं – आर्थिक वर्ष २०८०/०८१ अर्थात गत एक वर्षको अवधिमा नेपालमा ११...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...