वीरगन्जमा नयाँ शोरुमबाट टाटा पन्च ईभीको डेलिभरी सुरु

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको वीरगन्जमा अधिकारिक डिलरको रुपमा प्राइम अटो ट्रेडर्सको नंया शोरुमको उदघाटन गरिएको छ । उदघाटनसँग वीरगन्जमा टाटा पन्च ईभीको डेलिभरी सुरु गरिएको छ ।

सोही कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीका साथै वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर शोरुम उदघाटन गरेका थिए ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सिप्रदी ट्रेडिङ प्रालि वीरगन्ज शाखाका प्रमुख संदिप गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

पन्च ईभीको रिजनल लन्च अन्तर्गत वीरगन्ज लन्चको मौका पारेर नंया शोरुमको पनि उदघाटन गरिएको प्राइम अटो ट्रेडर्सका निर्देशक सुबोध सापकोटाले जानकारी दिए । साथै सोही कार्यक्रममा पन्च ईभी बुक गरेका ग्राहकहरुलाई डेलिभरी दिन पाउँदा थप हर्षित भएको उनले बताए ।

टाटा पन्च ईभीको शुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च ईभीको सो सुरुवाती भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷ एप्पल कार प्लेको आनन्द लिन सकिन्छ ।

पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ भने यो गाडी बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।

सम्बन्धित समाचारहरू

सबैभन्दा सानो इलेक्ट्रिक कार भारतीय बजारमा आउने, नेपालमा पनि आउन सक्ने

सबैभन्दा सानो इलेक्ट्रिक कार भारतीय बजारमा आउने, नेपालमा पनि आउन सक्ने

भारतकै सबैभन्दा सानो मानिने इलेक्ट्रिक कार स्ट्रोम आर३ भारतमा लन्च हुने...

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेइको, प्रिमियम गाडी उपहार दिने

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेइको, प्रिमियम गाडी उपहार दिने

काठमाडौँ— ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल...

सार्वजनिक भएको चार महिनामै दिपल एस०७ बन्यो थाइल्यान्डको नं १ ईभी

सार्वजनिक भएको चार महिनामै दिपल एस०७ बन्यो थाइल्यान्डको नं १ ईभी

थाइल्यान्डमा सार्वजनिक भएको चार महिनामै दिपल एस०७ त्यहाँको सबैभन्दा बढी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...