३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

बिक्री सुरु भएको तीन वर्षभन्दा कम समयमै टाटा पन्च ४ लाख यूनिट बिक्री भएको छ । टाटा पन्चको बिक्रीले ३४ महिनामा ४ लाख युनिटको माइलस्टोन पार गरेको हो । टाटा मोटर्सका अनुसार यो माइलस्टोनमा पुग्ने एसयूभीहरूमध्ये पन्च सबैभन्दा छिटो भएको छ ।

माइक्रो एसयुभी पन्चको बिक्री भारतमा अक्टोबर २०२१ देखी सुरु भएको थियो । १० महिनामै १ लाख युनिट बिक्री भएको यो सानो एसयूभीको बिक्री अर्को ९ महिनामा दोब्बर भएको थियो । त्यसपछि डिसेम्बर २०२३ सम्म आइपुग्दा यसको बिक्री ३ लाख यूनिट पुगिसकेको थियो ।

पन्चले पछिल्लो समय भारतमा सर्बाधिक बिक्री हुने कारको चार्टमा पहिलो स्थान ओगट्दै आएको छ । यसले सब–कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ६८ प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ भने बिक्री हरेक वर्ष ७५ प्रतिशतका दरले बृद्धि भइरहेको जनाइएको छ ।

पन्चलाई टाटाले १.२ लिटर पेट्रोल इन्जिन, सिएनजी र ईभी भर्सनमा बिक्री गर्दै आएको छ । जसअनुसार पेट्रोल भेरिएन्टले ५३ प्रतिशत, सिएनजीले ३३ र ईभीले १४ प्रतिशत हिस्सा ओगटेको छ ।

टाटा पन्च नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको माइक्रो एसयूभी हो । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदि ट्रेडिङले यसअघि पेट्रोल भेरिएन्टमात्र बिक्री गर्दै आएकोमा आगामी नाडा अटो शोमार्फत यसको ईभी भर्सनसमेत बिक्री गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

१ घण्टामा ८० प्रतिशत चार्ज हुने टाटाको नयाँ टिगोर इलेक्ट्रिक कार, नेपालमा पनि आउने

१ घण्टामा ८० प्रतिशत चार्ज हुने टाटाको नयाँ टिगोर इलेक्ट्रिक कार, नेपालमा पनि आउने

टाटा मोटर्सले जिपट्रोन टेक्नोलोजीको साथमा नयाँ टिगोर इलेक्ट्रिक कार...

घटस्थापनाको अवसरमा टाटा मोटर्सद्वारा अल्ट्रोज बीएस६ एक्सएम प्लस नेपालमा सार्वजनिक

घटस्थापनाको अवसरमा टाटा मोटर्सद्वारा अल्ट्रोज बीएस६ एक्सएम प्लस नेपालमा सार्वजनिक

काठमाडौ – टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बीएस६ को...

टाटा टिगोर इलेक्ट्रिक कार लन्च हुने तयारी, नेक्सन ईभीको फिचर समावेश हुने

टाटा टिगोर इलेक्ट्रिक कार लन्च हुने तयारी, नेक्सन ईभीको फिचर समावेश हुने

टाटा मोटर्सले चाँडै नै टाटा टिगोर ईभीको रिभाइज्ड इलेक्ट्रिक भेरिएन्ट टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...