अटो एक्सपो २०२३ मा टाटा मोटर्सले हाइड्रोजन टेक्नोलोजी सार्वजनिक गर्ने सम्भावना
अटो एक्स्पो २०२३ मा सहभागी हुने ठूला कम्पनीहरूमध्ये टाटा मोटर्स पनि एक...
बिक्री सुरु भएको तीन वर्षभन्दा कम समयमै टाटा पन्च ४ लाख यूनिट बिक्री भएको छ । टाटा पन्चको बिक्रीले ३४ महिनामा ४ लाख युनिटको माइलस्टोन पार गरेको हो । टाटा मोटर्सका अनुसार यो माइलस्टोनमा पुग्ने एसयूभीहरूमध्ये पन्च सबैभन्दा छिटो भएको छ ।
माइक्रो एसयुभी पन्चको बिक्री भारतमा अक्टोबर २०२१ देखी सुरु भएको थियो । १० महिनामै १ लाख युनिट बिक्री भएको यो सानो एसयूभीको बिक्री अर्को ९ महिनामा दोब्बर भएको थियो । त्यसपछि डिसेम्बर २०२३ सम्म आइपुग्दा यसको बिक्री ३ लाख यूनिट पुगिसकेको थियो ।
पन्चले पछिल्लो समय भारतमा सर्बाधिक बिक्री हुने कारको चार्टमा पहिलो स्थान ओगट्दै आएको छ । यसले सब–कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ६८ प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ भने बिक्री हरेक वर्ष ७५ प्रतिशतका दरले बृद्धि भइरहेको जनाइएको छ ।
पन्चलाई टाटाले १.२ लिटर पेट्रोल इन्जिन, सिएनजी र ईभी भर्सनमा बिक्री गर्दै आएको छ । जसअनुसार पेट्रोल भेरिएन्टले ५३ प्रतिशत, सिएनजीले ३३ र ईभीले १४ प्रतिशत हिस्सा ओगटेको छ ।
टाटा पन्च नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको माइक्रो एसयूभी हो । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदि ट्रेडिङले यसअघि पेट्रोल भेरिएन्टमात्र बिक्री गर्दै आएकोमा आगामी नाडा अटो शोमार्फत यसको ईभी भर्सनसमेत बिक्री गर्ने तयारी गरेको छ ।
अटो एक्स्पो २०२३ मा सहभागी हुने ठूला कम्पनीहरूमध्ये टाटा मोटर्स पनि एक...
नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ...
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितर सिप्रद्धी ट्रेडिङले सानो ट्रक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...