‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा
यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...
टाटा पन्च लगातार दोस्रो महिना सबैभन्दा बढी बिक्री हुने कार भएको छ । गत अप्रिलमा कम्पनीले १९ हजारभन्दा बढी नयाँ ग्राहक थपेको छ। टाटा पन्चको स्टाइलिश डिजाइन, शक्तिशाली इन्जिन, फिचर र मूल्यका कारण निकै लोकप्रिय छ ।
टाटा पन्चको डिजाइन बोल्ड र आकर्षक छ। सो एसयूभीमा एलईडी हेडल्याम्प, एलईडी टेल लाइट र १६ इन्च अलोय ह्विललगायत अन्य धेरै स्टाइलिस फिचर उपलब्ध छ ।
टाटा पन्चमा ३ वटा पावरट्रेन पेट्रोल, पेट्रोल प्लस सीएनजी र इलेक्ट्रिकमा उपलब्ध छ । यसमा १.२ लिटर पेट्रोल र १.२ लिटर टर्बो-पेट्रोलका साथै फ्याक्ट्रीमा जडान गरिएको सीएनजी किटको विकल्प छ। पन्च शहरी र हाइवे दुबैको लागि उत्तम मानिन्छ । पन्च म्यानुअल र अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध छ।
टाटा पन्चमा आधुनिक सुविधाले सुसज्जित छ । यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, कनेक्टेड कार टेक्नोलोजी, आरामदायी सिट, राम्रो बुट स्पेस, अटोमेटिक क्लाइमेट कन्ट्रोल र क्रुज कन्ट्रोललगायत धेरै फिचर समावेश छ ।
सो एसयूभी ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ मिलेको थियो । सो एसयूभी सबैभन्दा सुरक्षित कार मध्ये एक हो । यसमा एयरब्याग, एबीएस सहित ईबीडी र रियर पार्किङ सेन्सरलगायत अन्य सेफ्टी समावेश छ । टाटा पन्चको सबैभन्दा विशेष कुरा मूल्य हो, जसले यसलाई निकै लोकप्रिय बनाएको छ । सो एसयूभी अक्टोबर २०२१ मा भारतीय बजारमा ५ लाख ४९ हजार भारु मूल्यमा लन्च गरिएको थियो। हाल, टाटा पन्चको पेट्रोल भेरिएन्टको मूल्य ६ लाख १३ हजार, सीएनजीको मूल्य ७ लाख २३ हजार भारु र ईभीको मूल्य १० लाख ९९ हजार भारु छ ।
यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...
नेपाली बजारमा एसयूभी सेगमेन्ट अन्तर्गत विभिन्न कम्पनी बीच प्रतिस्पर्धा...
टाटा मोटर्सले नयाँ फिचर सहित कर्भ र कर्भ ईभीलाई अपडेट गरेको छ । टाटाको सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...