टाटाका शोरूमहरूमा ‘मनसुन म्याजिक’ सुरू, इन्धनका गाडीसँग विद्युतीय गाडी साट्न पाइने

काठमाडौँ - साउन ८ गते (सोमबार) देखि नेपालभरिका टाटा शोरूमहरूमा 'मनसुन म्याजिक' सुरू हुने भएको छ । पछिल्लो समय नेपाली बजारमा इभी गाडीहरू प्रति ग्राहकहरूको चासो बढिरहेको बेला उक्त याेजना ल्याएकाे कम्पनीले जनाएकाे छ ।

प्रदूषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्यूनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएकाले विगतका दिनमा इन्धनबाट चल्ने कारहरू विद्युतीय गाडीसँग साट्ने क्रम बढ्दो छ।

ग्राहकका यही अनुरोध र मागलाई ध्यानमा राखेर सोमबार (साउन ८ गते) देखि सिप्रदीको नेपालभरी रहेका टाटा मोटर्स शोरुमहरूमा मनसुन म्याजिक एक्सचेन्ज क्याम्प सुरू हुँदैछ।

उक्त कार्यक्रमका जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन इभीसँग साट्न सकिने ,एकै ठाउँबाट गाडीको मूल्यांकन न्यूनतम चार लाख रुपैयाँको गाडी मूल्यांकन गर्न सकिने, इन्स्योरेन्सको सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङको सुविधा, गाडी सम्बन्धी दक्ष प्राविधिकद्वारा परामर्श तथा सल्लाह सुझाव, नयाँ गाडीको बुकिङ तथा मूल्यांकनसँगै आकर्षक उपहार, निःशुल्क गाडीको थप एक्सेसोरिज जस्ता विषयमा फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

यस्तै, शोरुममा गएर आफ्ना गाडीलाई टाटा मोटर्सका विद्युतीय गाडीहरूसँग साटेर फाइदा उठाउन सक्नेछन्।

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी टाटा मोटर्सका नेक्सन इभी र टिगोर इभीसँग साट्न सकिने व्यवस्था गरिएको छ।

उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुम मा इन्स्योरेन्स सुविधा, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरूको पनि सहभागिता हुनेछ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको कम्पनीको भनाइ छ।

सम्बन्धित समाचारहरू

चीनमा लन्च भयो लिपमोटर बी१०, एक घण्टामै १५ हजार बढी बुकिङ

चीनमा लन्च भयो लिपमोटर बी१०, एक घण्टामै १५ हजार बढी बुकिङ

चाइनिज एनईभी ब्रान्ड लिपमोटरले चीनमा लिपमोटर बी१० कम्प्याक्ट इलेक्ट्रिक...

लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर ट्याग गर्दा स्कुटर पाइने

लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर ट्याग गर्दा स्कुटर पाइने

काठमाडौं – कुनै पनि ग्राहकले अब लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर...

आज नेपाली बजारमा नयाँ ईभी प्रोटोन इमास ७ लन्च हुँदै

आज नेपाली बजारमा नयाँ ईभी प्रोटोन इमास ७ लन्च हुँदै

काठमाडौं – नेपाली बजारमा नयाँ नयाँ इलेक्ट्रिक कार अर्थात ईभी भित्रिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...