सिप्रद्धी ट्रेडिङका अध्यक्ष राणा बने सबैभन्दा बढी कर तिर्ने ब्यावसायी
आर्थिक बर्ष २०७७/७८ मा ब्याक्तिगत आयबाट सबैभन्दा बढी कर तिर्ने ब्यावसयीका...
बलियो र टिकाउ कार बनाउने ब्रान्डको रूपमा परिचित टाटा मोटर्सको प्रतिष्ठा फेरि एकपटक प्रमाणित भएको छ। यसपालि एक अनौठो र स्तब्ध बनाउने घटना सार्वजनिक भएको छ, जसले टाटा नेक्सनको मजबुतीलाई थप पुष्टि गर्यो।
घटना एक बहु-स्तरीय पार्किङ स्थलमा भएको हो, जहाँ पार्क गरिएको टाटा नेक्सनमाथि लिफ्टमार्फत अर्को सेडान कार खसेको थियो। खराब लिफ्ट अचानक खस्दा त्यसमा राखिएको सेडान कार सिधै नेक्सनको छतमा खस्यो। आश्चर्यजनक रूपमा एसयूभीमा सामान्य काेरकार र हल्का क्षति बाहेक ठूलो क्षति देखिएको छैन।
नेक्सनका कार मालिक आफैले सो घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। उनको भनाइअनुसार उनी पार्किङ स्थलमा कार राखेर गइसकेपछि उनकाे कारमाथि लिफ्ट खसेको जानकारी सुरक्षाा टोलीबाट खबर पुगेकाे थियाे । घटनास्थलमा पुगेपछि मात्र उनले अर्को कारसहितको लिफ्ट सिधै उनको नेक्सनको छतमा खसेको देखेका थिए ।
सामान्यतया यस्ता दुर्घटनामा सवारी साधनमा ठूलो क्षति हुने गर्छ, तर यस अवस्थामा नेक्सनले सबैलाई चकित पार्यो। सार्वजनिक गरिएका तस्बिरमा लिफ्ट र सेडानको संरचना नेक्सनमाथि परेको स्पष्ट देखिन्छ, तर एसयूभीको बडी अधिकांशतः सुरक्षित देखिन्छ।
घटनामा संलग्न कार टाटा नेक्सनको प्रि-फेसलिफ्ट मोडल हो, जसले पहिले नै ग्लोबल एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरिसकेको छ। यो टाटा मोटर्सको पहिलो मेड-इन-इन्डिया कार हो जसले यस्तो सम्मान प्राप्त गरेको थियो।
आर्थिक बर्ष २०७७/७८ मा ब्याक्तिगत आयबाट सबैभन्दा बढी कर तिर्ने ब्यावसयीका...
टाटा मोटर्सले एक पटक फेरि इलेक्ट्रिक भेइकलमा हलचल मच्चाउने तयार गर्दैछ ।...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...