गरुड प्लेटफर्ममा नयाँ जेनेरेसनको नेक्सन ल्याउदै टाटा

भारतीय बजारमा ह्याचब्याकदेखि एसयूभी सेगमेन्टसम्म धेरै उत्कृष्ट सवारी साधन प्रदान गर्ने टाटा मोटर्सले नेक्सनमा ठुला परिवर्तन गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार टाटाले सो एसयूभीको नयाँ पुस्ता ल्याउने तयारी गरिरहेको छ ।

रिपोर्टका अनुसार कम्पनीले सो एसयूभी पुरानै प्लेटफर्म एक्सवनमा निर्माण गर्ने भएको छ, जसलाई इन्टरनली गरुड नाम दिइएको छ ।

समय समयमा नेक्सनमा परिवर्तन गरिदै आएको छ । सन् २०२० र २०२३ को बिचमा नेक्सनमा धेरै परिवर्तन गरियो । २०१८ मा यसले ग्लोबल एनक्यापबाट वयस्क सुरक्षाको लागि पाँच स्टार र बाल सुरक्षाको लागि तीन स्टार प्राप्त गरेको थियो तर निरन्तर परिवर्तनको परिणामस्वरूप २०२४ मा गरिएको क्र्यास परीक्षणमा वयस्क र बालबालिका दुवैको सुरक्षाको लागि सो एसयूभीले पाँच स्टार प्राप्त गरेको छ ।

रिपोर्टका अनुसार नयाँ पुस्ताको एसयूभी लन्च गर्दा धेरै उत्कृष्ट फिचर पनि प्रदान गर्न सकिन्छ । साथै यसमा प्यानोरामिक सनरुफ, लेभल-२ एडीएएस, एम्बियन्ट लाइट सहित इन्टेरियर र एक्टेरियरमा धेरै फिचर पनि प्रदान गर्न सकिन्छ।

हाल कम्पनीले नेक्सनमा १.२ लिटर क्षमताको पेट्रोल र सीएनजी इन्जिन प्रदान गरेको छ । साथै, यसमा डिजेल इन्जिनको विकल्प पनि उपलब्ध छ । तर नयाँ पुस्तामा डिजेल इन्जिन विकल्पको सट्टा अन्य प्रविधि प्रदान गर्न सकिन्छ।

यस सम्बन्धमा टाटाले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन, तर कम्पनीले २०२६ को अन्त्यसम्म वा २०२७ मा भारतमा नयाँ पुस्ताको टाटा नेक्सन लन्च गर्न सक्ने अपेक्षा गरिएको छ ।

नयाँ टाटा नेक्सनले मारुती ब्रेजा, हुन्डाई भेन्यु, किया सोनेट र किया साइरोस, महिन्द्रा एक्सयूभी ३एक्सओ र स्कोडा काइल्याक जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

नयाँ टाटा टिगोर ईभी भारतमा सार्वजनिक, ३०६ किमी रेन्ज

नयाँ टाटा टिगोर ईभी भारतमा सार्वजनिक, ३०६ किमी रेन्ज

टाटाको नयाँ टिगोर इलेक्ट्रिक कार भारतीय बजारमा लन्च भएको छ । शुरुवाती...

क्रेटालाई टक्कर दिन आउँदैछन् यी ५ नयाँ एसयुभी

क्रेटालाई टक्कर दिन आउँदैछन् यी ५ नयाँ एसयुभी

बजारमा अहिले सबैभन्दा बढी माग भएको सेग्मेन्ट हो मिडसाइज एसयुभी । यो...

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...