टाटाको विद्युतीय गाडी किन्न तीन दिनमै फाइनान्सिङ सुविधा

काठमाडौँ - टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना विद्युतीय गाडी किन्न चाहने ग्राहकहरूका लागि छिटो, सरल र सहज गाडी फाइनान्सिङको सुविधा ल्याएको छ।

जुन नेपालभरी फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरशिपबाट उपलब्ध हुने बताइएको छ। नेपाली बजारले रुचाएको नेक्सन इभी र टिगोर इभीको ८० प्रतिशतसम्म गाडी फाइनान्सिङ अब तीन दिनभित्रै हुने कम्पनीको भनाइ छ।

टाटा मोटर्सका इभी गाडीहरूको छिटो तथा सरल गाडी फाइनान्सिङको सुविधाका लागि देशैभरी फैलिएका एभरेष्ट बैंक, नबिल बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक तथा प्रभु बैंकबाट उपलब्ध हुनेछन्।

हाल टाटा मोटर्सका विद्युतीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै आएका छन्। कम्पनीले आफ्नो उत्पादनहरूका साथ ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउँदै आइरहेको जानकारी गराएको छ।

नेपालमा २० स्थानमा फास्ट चार्जिङ स्टेशनदेखि उच्चस्तरीय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टर विस्तार भइसकेको र आउने दिनहरूको लागि पनि अझ मद्दत पुग्ने गरी यो वर्ष चार्जिङ स्टेशनदेखि सर्भिस स्टेशनलाई नेपालको विभिन्न भू–भागमा फैलाउने योजना कम्पनीको छ।

सम्बन्धित समाचारहरू

मर्सिडिज वेन्ज जस्तै देखिने विद्युतीय एसयूभी ‘साइबर एक्स’ ल्याउँदै एमजी, यस्तो हुनेछ विशेषता

मर्सिडिज वेन्ज जस्तै देखिने विद्युतीय एसयूभी ‘साइबर एक्स’ ल्याउँदै एमजी, यस्तो हुनेछ विशेषता

काठमाडौं –एमजी मोटरले आफ्नो नयाँ मोडल साइबर एक्सलाई आगामी दुई वर्षभित्र...

रोल्स रोयसले ल्यायो संसारकै महंगो कार, ३ वटा मात्र बन्ने, फिचर सुन्दा नै होस उड्ने

रोल्स रोयसले ल्यायो संसारकै महंगो कार, ३ वटा मात्र बन्ने, फिचर सुन्दा नै होस उड्ने

प्रिमियम लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले संसारकै सबैभन्दा महंगो...

यी तीन अर्थमन्त्री जसले चलाए ईभीको कर, के गर्लान् महतले ?

यी तीन अर्थमन्त्री जसले चलाए ईभीको कर, के गर्लान् महतले ?

आर्थिक वर्ष २०७६/७७ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ईभी आयातमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...