प्रि–बुकिङ गरिएका एक्सपेङ जी६ एसयूभी दशैं अगावै आइपुग्ने, डेलिभरी समेत गरिने
काठमाडौं – एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले केही दिन...
काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आगामी मंगलबार टाटा नेक्सन ईभी लङ रेन्ज सार्वजनिक गर्ने भएको छ । सामाजिक सञ्जालमार्फत सिप्रदी ट्रेडिङले सो ईभी नेपाली बजारमा सार्वजनिक हुने जानकारी दिएको छ ।
कम्पनीले मंगलबार राती साढे ७ बजे भर्चुअल रुपमा नेक्सन इभी म्याक्सको नेपालमा सार्वजनिक गर्न योजना बनाएको छ। हाल नेपाली बजारमा नेक्सन ईभीको राम्रो बजार छ । यो भन्दा पनि अझै परिस्कृत भर्सनको रुपमा नेक्सन ईभी म्याक्स भारतीय बजारमा गत वर्ष यही समयमा सार्वजनिक भएको थियो । तर नेपालमा भने अब उपलब्ध हुने भएको हो ।
नेक्सन ईभी म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिंगल चार्जमा ४३७ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । हालको स्ट्यान्डर्ड नेक्सन ईभी भन्दा १० किलोवाट आवर क्षमता बढी हो । यसलाई अझै अपडेट गरेर ४५३ किलोमिटर रेन्ज दिने बनाइएको छ ।
भारतमा बिक्री हुने नेक्सन ईभी म्याक्स ३.३ किलोवाट र ७.२ किलोवाट एसी फास्ट चार्जर अप्सन सहित एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध छ । टाटाले भारतमा विक्री गर्ने नेक्सन म्याक्समा १०५ किलोवाट क्षमताको मोटर छ । तर नेपालमा १०० किलोवाट सम्मका मोटरमा कम भन्सार दर लाग्ने भएकोले नेपाली बजार अनुसार परिमार्जित गरिएको अनुमान गरिएको छ ।
नेक्सन ईभी म्याक्स एक्सजेड प्लसमा ४०.५ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ। जसमा मल्टी मोड रिजन, सबै चारवटा डिस्क ब्रेक, आई–भीबीएसी सहितको ईएसपी, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, मल्टी ड्राइभ मोड, वायरलेस स्मार्टफोन चार्जर, ज्वेल्ड कन्ट्रोल नब र क्रुज कन्ट्रोल लगायतका विशेषता छन् ।
त्यसैगरी एक्सजेड प्लस लक्जरीमा यी भन्दा बाहेक थप विशेषताको रुपमा इलेक्ट्रिक सनरुफ, भेन्टिलेसन सहितको लेदर फ्रन्ट सिट, अल न्यु मकारना ब्याज इन्टेरियर, अटो डिमिङ आईआरभीएम र एयर प्युरिफायर जस्ता विशेषता छन् ।
नेक्सन ईभी म्याक्समा भएको मोटरले १४३ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । टाटा मोटर्सका अनुसार ३.३ किलोवाट आवरको चार्जरले करिव १५ घण्टामा फुल चार्ज गराउछ भने ७.२ किलोवाट आवरको चार्जरले ५ देखि ६ घण्टामा । कुनै पनि परम्परागत ५० किलोवाट आवरको चार्जरले चार्ज गर्दा ५६ मिनेटमा ० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिने बताइएको छ ।
नेपालमा हाल उपलब्ध टाटा नेक्सन ईभीको मूल्य ४० लाख देखि ४४ लाख रुपैयाँ सम्म छ । भारतमा यसको मूल्य १४ लाख देखि १७ लाख भारु सम्म छ ।
नेक्सन ईभी भन्दा नेक्सन ईभी म्याक्सको मूल्य भारतमा करिव ३ लाख देखि ४ लाख भारु बढी छ । नेक्सन ईभी म्याक्सको मूल्य भारतमा १७ लाख ७४ हजार देखि १९ लाख २४ हजार भारु सम्म छ । यस अर्थमा नेपाली बजारमा नेक्सन ईभी म्याक्सको मूल्य ५० लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
यद्यपि सिप्रदी ट्रेडिङले हाल सम्म यसको मूल्यको वारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।
काठमाडौं – एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले केही दिन...
चिनियाँ कार निर्माता कम्पनीहरु विशेष गरी इलेक्ट्रिक भेइकल उत्पादनमा...
टाटा मोटर्सले ग्राहकको मन जित्दै एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ, जो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...