टाटा कार किन्दा २ लाख सम्म छुट र अन्य धेरै अफर पाइने
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
भारतमा नेक्सन इभीको बिक्री १० हजार युनिट नाघेको छ । यससंगै यो एसयुभीले भारतीय बजारमा यति धेरै युनिट बिक्री हुने पहिलो इभीका रुपमा स्थापित गराएको छ । अघिल्लो बर्षको जनवरी महिनामा लन्च गरिएको नेक्सन इभीको माग भारतीय बजारमा अहिले पनि उच्च छ । माग बमोजिम आपूर्ती हुन नसक्दा धेरै ग्राहकले कुरेरै भएपनि यो इभी खरिद गर्न चाहेका छन् ।
२ महिनाअघि नेपाल भित्रिएको यो इलेक्ट्रिक एसयुभीमा नेपाली इभी पारखीहरु समेत लालयित देखिन्छन् । नेपालमा हालसम्म ५ सय भन्दा बढी युनिट नेक्सन इभी बुक भैसकेको र माग बमोजिम आपूर्ती हुन नसकेको जनाउँदै आधिकारिक बितरक सिप्रद्धी ट्रेडिङले नयाँ बुकिङ लिन छाडेको छ । यसअघि बुकिङ लिइसकेका ग्राहकले समेत ६ महिनभन्दा बढी लामो समय प्रतिक्षा गर्नुपर्ने उसको भनाई छ ।
नेपाली बजारमा यो एसयुभी तीन भेरियन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये सबैभन्दा सस्तो भेरिएन्ट एक्सएमको मूल्य ३५ लाख ९९ हजार, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र सबैभन्दा महंगो भेरिएन्ट एक्सजेड प्लस लक्जरीको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
सब कम्प्याक्ट एसयूभी यो इभीमा २०५ एमएमको उच्चतम ग्राउन्ड क्लियरेन्स दिइएको छ । जुन नेपाली सडकका लागि उपयुक्त छ । त्यसैगरी यसमा टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने विशेषताका कारण समेत यो एसयूभीको चर्चा चुलिंदो छ ।
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
टाटा मोटर्सले प्यासेन्जर कारको लाइनअपमा उपलब्ध आफ्ना सवै पेट्रोल कारलाई...
भारतीय बजारमा टाटा पन्च आगामी अक्टोबर २० मा लन्च हुनेछ । टाटा पन्चको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...