जिली र मर्सिडिज बेन्ज मिलेर नयाँ माइक्रो ईभी ल्याउँदै, रेन्ज ३०० किलोमिटर
काठमाडौं–चिनियाँ अटो जायन्ट जिली र जर्मन लक्जरी ब्रान्ड मर्सिडिज बेन्जको...
काठमाडौं - नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८२ अवसरमा “नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव” को घोषणा गरेको छ।
शुक्रबारदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने यस योजनाअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्डका प्यासेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.ईभी, पन्च.ईभी, नेक्सन के ३.ईभी, र कर्भ.ईभी एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।
“नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव” मा आफ्नो पुरानो गाडी साटी टाटाको नयाँ ईभी खरिद गर्ने ग्राहकहरूले २० प्रतिशत डाउन पेमेन्टमै गाडीहरू खरिद गर्न सक्नेछन् भने आकर्षक एक्सचेन्ज बोनस, एसेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडान सहित) एवं निःशुल्क एभिटी सहित हरेक बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने छन्।
यस्तै, सो अवसरमा नेपाल भर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिने छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...