नेपाल भित्रियो नयाँ टियागो ईभी, नाइमा एक्सपोमा अवलोकन गर्न सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेक्स्ट जेन टियागो ईभी नेपाल भित्र्याएको छ । आगामी साउन २६ देखि काठमाडौंको भृकुटीमण्डपमा अवलोकनकर्ताका लागि उपलब्ध गराउने लक्ष्य लिइएको सो ईभी हालै भित्रिएको हो ।

करिव दुई महिना पहिले भारमा सार्वजनिक गरिएको नयाँ टियागो ईभी पहिलेको ईभी भन्दा नयाँ डिजाइन, अपग्रेड गरिएको इन्टेरियर र थप सुविधासहित उपलब्ध छ ।

नयाँ टियागो ईभी १९.२ किलोवाट आवर र २४ किलोवाट आवर गरी दुईवटा ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । सानो ब्याट्री भएको तल्लो भेरिएन्टमा ६१ विएचपी पावर भएको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ११० एनएम टर्क जेनेरेट गर्दछ । जबकि उच्च भेरिएन्टमा ७४ बीएपची पावरको इलेक्ट्रिक मोटर राखिएको छ, जसले ११४ एनएम टर्क जेनेरेट गर्दछ । यस ईभीले एकपटकको फुल चार्जमा २२६ र २८५ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

सो नयाँ कारको भित्री भागमा १०.२५ इन्चको टचस्क्रिन, नयाँ टु स्पोक स्टेयरिङ ह्वील र ब्लुटुथ कनेक्टिभिटी भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर सहितको पूर्ण नयाँ ड्यासबोर्ड राखिएको छ । साथै, रियर एसी भेन्ट सहितको अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल्ड ग्लोभ बक्स, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, स्वचालित हेडल्याम्प, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड भ्यू मनिटर, ३६० डिग्री क्यामेरा र क्रूज कन्ट्रोल लगायत फिचर सामेल गरिएका छन् ।

टियागो नेपाली बजारमा पहिले देखि नै लोकप्रिय विद्युतीय कार हो । इन्ट्री लेवल ह्याचब्याक कारमा निकै राम्रो बजार पाइरहको यस कारको नयाँ संस्करणको थप फिचर र मूल्य तथा अन्य जानकारी भने कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्सपोमै सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...