भैरहवाको पडसरीमा टाटा मोटर्स कार शोरुम

भैरहवा – टाटा मोटर्सले भैरहवाको पडसरीस्थित स्थित सिप्रदीको आधिकारिक डिलर एम्रल्ड मोटर्स प्रालिको उद्घाटन गरेको छ ।

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफनो ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको भैरहवामा शुभारम्भ गरेको हो ।

टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिको प्रतिबद्धता अनुुसार आफ्नोे सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुुविधा केन्द्रको रुपमा खोलिएको जानकारी दिएको छ ।

टाटा मोटर्स शोरुम कम्पनीको डिलरशिप मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको छ र ग्राहकहरूलाई सुविधाजनक पहुँच प्रदान गर्न रणनीतिक रूपमा अवस्थित छ । टाटा मोटर्सका विज्ञहरूको निगरानीमा डिलरशिप कर्मचारीहरूलाई तालिम दिइएको छ र गुणस्तरीय ग्राहक अनुभव प्रदान गरिने बताइएको छ ।

विशेष कार्यक्रम मार्फत प्रमुख अतिथिका रुपमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेइकल प्रमुख शावन्त जङ्ग सिजापती, विभिन्न विभागका प्रतिनिधिको स्वागत र एम्रल्ड मोटर्सका अध्यक्ष योगेश घिमिरेले शोरुमको शुभारम्भ गरे ।

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सको ‘गुरुक्षेत्र’ प्रतियोगिता, नेपालबाट २ हजार टाटा गुरु सहभागी

टाटा मोटर्सको ‘गुरुक्षेत्र’ प्रतियोगिता, नेपालबाट २ हजार टाटा गुरु सहभागी

टाटा ब्रान्डका सवारीसाधनको मर्मत सम्भार गर्दै आइरहेका मेकानिकहरुलाई...

अटो शोमा सार्वजनिक भयो टियागो ईभी, मूल्य २२ लाखदेखी शुरु

अटो शोमा सार्वजनिक भयो टियागो ईभी, मूल्य २२ लाखदेखी शुरु

काठमाडौं – टाटाको वहुप्रतिक्षित इभी ह्याचब्याक टियागो नाडा अटो शोमा...

टाटा मोटर्सले फेरि पछि पा-यो महिन्द्रा र हुन्डाईलाई, उक्लियो नम्बर २ मा

टाटा मोटर्सले फेरि पछि पा-यो महिन्द्रा र हुन्डाईलाई, उक्लियो नम्बर २ मा

टाटा मोटर्स फेरि भारतको दोस्रो ठूलो कार कम्पनी बनेको छ । गत मार्च महिनामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...