देशभरका टाटा शोरुममा अफर नै अफरसहित ‘प्रि-फेस्टिभ फियस्टा’ सुरु

काठमाडौं - टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै ‘प्रि –फेस्टिभ फियस्टा’ नामक विशेष कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम भाद्र २० र २१ गते गरी दुई दिन सञ्चालन हुनेछ।

यस अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक मोडल तथा आईसीई मोडलका गाडीहरूको संयुक्त प्रदर्शनी अवलोकन गर्नुका साथै, ती गाडीहरू टेस्ट ड्राइभ गर्दै विशेष अफरहरुको साथ गाडी बुक गर्न सक्नेछन्।

प्रदर्शनीमा टियागो.ईभी, पन्च.ईभी, नेक्सन के३.ईभी, कर्भ.ईभी लगायतका लोकप्रिय इलेक्ट्रिक गाडीहरु राखिएका छन् । त्यस्तै, आईसीई मोडलहरूमा टाटाका टियागो, पन्च, नेक्सन र टाटा सफारी समेत राखिएका छन्। यी मोडलहरूले किफायतीदेखि प्रिमियम सेग्मेन्टसम्मका ग्राहकलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ।

ग्राहकलाई थप आकर्षित गर्न टाटा मोटर्स नेपालले ‘प्रि–फेस्टिभ फियस्टा’ मा लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, फ्रि कम्पर्हेन्सिभ अटो प्लस इन्स्योरेन्स, फ्रि एसेसरिज, एक वर्षको निःशुल्क वार्षिक सवारी कर र फ्रि होम चार्जिङ इन्स्टलेसन जस्ता विभिन्न सुविधाहरु समावेश गरिएका छन्।

कार्यक्रम टाटाका नेपालभर रहेका शोरुममा भइरहेको छ। यसरी आकर्षक सुविधासहित सञ्चालन हुने ‘प्रि–फेस्टिभ फियस्टा’ कार्यक्रमको उद्देश्य आर्थिक सुविधा प्रदान गराउनु मात्र नभई ग्राहकहरूलाई चाडपर्वको खुशी तथा उत्साहसँग जोड्ने एउटा सुनौलो मध्यामका रुपमा कम्पनीले लिएको बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...