शुरु भयो टाटा मोटर्सको म्याक्सचेन्ज मेला

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजबाट म्याक्सचेन्ज मेला कार्यक्रम आयोजना गरेको छ । सो मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिने कम्पनीको भनाइ छ ।

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुचि तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको बताइएको छ । मेला आगामी आइतबार सम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना हुनेछ ।

म्याक्सचेन्ज मेलामा टाटा नेक्सन ईभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन् ।

सो म्याक्सचेन्ज मेलाको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।

सम्बन्धित समाचारहरू

टाटा विङ्गर अब बीएस६ इन्जिनमा नेपाली बजारमा

टाटा विङ्गर अब बीएस६ इन्जिनमा नेपाली बजारमा

काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग...

टाटा पन्चको टिजर सार्वजनिक, थाहा भयो केही फिचर

टाटा पन्चको टिजर सार्वजनिक, थाहा भयो केही फिचर

टाटा पन्च ईभी लन्च हुनु अघि सो कारको टिजर सार्वजनिक भएको छ । कम्पनीले टाटा...

टाटा ईभी ग्राहकका लागि सिप्रदीद्वारा ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ गरिदै

टाटा ईभी ग्राहकका लागि सिप्रदीद्वारा ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ गरिदै

काठमाडौं – टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...