टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ सुरू, आकर्षक छुटदेखि ग्राहकलाई लाइफटाइम निःशुल्क चार्जिङ सम्म

काठमाडौं - टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ बिहीबार देखि सुरु भएको छ। माघ १ देखि ३ गतेसम्म धनगढीस्थित जीएआरएस ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभी लगायतका अत्याधुनिक मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन्।

पर्वको अवसरमा जुनसुकै ब्रान्डको पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका बन्ने कम्पनीले जनाएको छ।

उत्सवमा सहभागी हुने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, एसेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडान सहित) एवं निःशुल्क एभीटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ । यस अभियानले ग्राहकलाई  आधुनिक प्रविधियुक्त र किफायती सवारी साधन छनोट गर्न सहज बनाउने कम्पनीको विश्वास छ।

ग्राहकहरुले धनगढीको बोराडाडीस्थित जीएआरएस ट्रेडिङमा गएर टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।

सम्बन्धित समाचारहरू

सिप्रदी र यात्रीबिच दुई पांग्रे विद्युतीय सवारी उत्पादनका लागि भएको सम्झौताले ल्याएको नयाँ आशा

सिप्रदी र यात्रीबिच दुई पांग्रे विद्युतीय सवारी उत्पादनका लागि भएको सम्झौताले ल्याएको नयाँ आशा

“मेड इन नेपाल” दुइ पांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्नका लागि...

एक्सप्रेस-टी सर्भिस सेन्टर अब १५ घण्टा खुला

एक्सप्रेस-टी सर्भिस सेन्टर अब १५ घण्टा खुला

काठमाडौं – ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै नेपालका लागि टाटा...

भक्तपुरमा खुल्यो टाटा मोटर्सको नयाँ शोरुम

भक्तपुरमा खुल्यो टाटा मोटर्सको नयाँ शोरुम

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...