टाटा मोटर्सको हाइड्रोजन ट्रक परीक्षण सुरु, २ वर्षपछि लन्च गरिने

टाटा मोटर्सले भारतको पहिलो हाइड्रोजन प्रविधिबाट चल्ने ट्रकको परीक्षण सुरु गरेको छ । सो ट्रक २ वर्षका लागि परीक्षण गर्नेछ ।

सो परियोजनाले हाइड्रोजन इन्धन प्रयोगसम्बन्धी मूल्य श्रृंखलामा महत्वपूर्ण डाटा सङ्कलन गर्नेछ, जसले भविष्यमा उत्पादन सुधार र इन्धन पूर्वाधार विकासमा मद्दत पुर्‍याउनेछ।

सो ट्रक हाइड्रोजन आईसीई, हाइड्रोजन फ्युल सेल इलेक्ट्रिक जस्ता प्रविधि सहित ल्याइनेछ। एकपटक ट्याङ्की हाइड्रोजनले भरिएपछि यसलाई ३०० देखि ५०० किलोमिटरसम्म चलाउन सकिनेछ ।

टाटा मोटर्सले नयाँ प्रविधि भएका यी ट्रक दुई वर्षको लागि परीक्षण गरिने जानकारी दिएको छ। यस अवधिमा मुम्बई, पुणे, दिल्ली-एनसीआर, सुरत, बडोदरा, जमशेदपुर र कलिंगनगरमा जम्मा १६ वटा ट्रक सञ्चालन हुनेछ । यसमा विभिन्न क्षमता र पेलोडका ट्रक समावेश हुनेछ । यसपछि मात्र यसको लन्चको बारेमा कुनै निर्णय लिइनेछ।

यस परीक्षणको सफलताले भारतमा हरित ऊर्जाको प्रयोगलाई प्रवर्द्धन गर्ने र लामो दूरीको ढुवानीका लागि हाइड्रोजनलाई उपयुक्त विकल्पको रूपमा स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा कमर्सियल गाडी किन्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोज्न सकिने

टाटा कमर्सियल गाडी किन्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोज्न सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात, नेपालभर १०० युनिट भन्दा बढी बुकिङ

पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात, नेपालभर १०० युनिट भन्दा बढी बुकिङ

काठमाडौं – नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...