पन्च ईभीको भारतमा वुकिङ खुला, यस्ता छन् विशेषता
टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई भारतमा...
टाटा मोटर्सले भारतको पहिलो हाइड्रोजन प्रविधिबाट चल्ने ट्रकको परीक्षण सुरु गरेको छ । सो ट्रक २ वर्षका लागि परीक्षण गर्नेछ ।
सो परियोजनाले हाइड्रोजन इन्धन प्रयोगसम्बन्धी मूल्य श्रृंखलामा महत्वपूर्ण डाटा सङ्कलन गर्नेछ, जसले भविष्यमा उत्पादन सुधार र इन्धन पूर्वाधार विकासमा मद्दत पुर्याउनेछ।
सो ट्रक हाइड्रोजन आईसीई, हाइड्रोजन फ्युल सेल इलेक्ट्रिक जस्ता प्रविधि सहित ल्याइनेछ। एकपटक ट्याङ्की हाइड्रोजनले भरिएपछि यसलाई ३०० देखि ५०० किलोमिटरसम्म चलाउन सकिनेछ ।
टाटा मोटर्सले नयाँ प्रविधि भएका यी ट्रक दुई वर्षको लागि परीक्षण गरिने जानकारी दिएको छ। यस अवधिमा मुम्बई, पुणे, दिल्ली-एनसीआर, सुरत, बडोदरा, जमशेदपुर र कलिंगनगरमा जम्मा १६ वटा ट्रक सञ्चालन हुनेछ । यसमा विभिन्न क्षमता र पेलोडका ट्रक समावेश हुनेछ । यसपछि मात्र यसको लन्चको बारेमा कुनै निर्णय लिइनेछ।
यस परीक्षणको सफलताले भारतमा हरित ऊर्जाको प्रयोगलाई प्रवर्द्धन गर्ने र लामो दूरीको ढुवानीका लागि हाइड्रोजनलाई उपयुक्त विकल्पको रूपमा स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई भारतमा...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
चितवनका अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पियाको निधन भएको छ । चितवनका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...