टाटा मोटर्सले इभेको ग्रुप किन्न सरकारी सशर्त स्वीकृति पायो, युरोपेली बजारमा बलियो प्रवेश

टाटा मोटर्स लिमिटेडले इटालीको ट्रक तथा बस निर्माता इभेको ग्रुप एनभीलाई ३.८ अर्ब युरोमा खरिद गर्ने प्रस्तावलाई इटालियन सरकारले सर्तसहित अनुमोदन गरेको छ। अक्टोबर ३१ मा सार्वजनिक गरिएको सो प्रस्तावलाई अगाडि बढाउन यो स्वीकृति एक महत्वपूर्ण मोड मानिएको छ।

सम्झौताअनुसार टाटा मोटर्सले इभेकोको व्यावसायिक सवारी साधन व्यवसाय आफ्नो स्वामित्वमा ल्याउनेछ । तर, इभेकोको रक्षा सम्बन्धी कारोबार भने अलग रूपमा राज्य समर्थित रक्षा कम्पनी लियोनार्डो एस.पी.ए.लाई बेचिनेछ।

इभेको ग्रुपको मुख्यालय इटालीको टुरिन शहरमा रहेको छ। कम्पनी एग्नेली परिवारको लगानी संस्था एक्सोरद्वारा नियंत्रित रहेको छ, जसको २७.१ प्रतिशत हिस्सेदारी र ४३.१ प्रतिशत मतदान अधिकार छ। एक्सोरले आफ्नो हिस्सेदारी टाटा मोटर्सलाई हस्तान्तरण गर्न सहमत भएको बताइएको छ।

सम्झौता पूरा भएपछि, नयाँ संयुक्त कम्पनीको वार्षिक बिक्री ५ लाख ४० हजार युनिटभन्दा बढी पुग्ने अनुमान रहेको छ भने लगभग २२ अर्ब युरोको वार्षिक राजस्व हुने बताइएको छ। यसले विश्वव्यापी व्यावसायिक सवारी साधन बजारमा एक नयाँ शक्तिशाली प्रतिस्पर्धी सिर्जना गर्नेछ।

यस अधिग्रहणसँगै टाटा मोटर्सले युरोपेली ट्रक तथा बस बजारमा औपचारिक प्रवेश गर्नेछ, जहाँ इभेकोले हाल आफ्नो कुल राजस्वको लगभग तीन चौथाई हिस्सा कमाइरहेको छ। विश्वभर ३६ हजार कर्मचारी रहेको इभेकोमा मात्र १४ हजार कर्मचारी इटालीमा कार्यरत छन्। भोल्भो, डेमलर तथा ट्राटन समूहको तुलनामा इभेको युरोपको तुलनात्मक रूपमा सानो तर स्थापित ट्रक निर्माता मानिन्छ।

इटालियन सरकारले लगाएका सर्तहरू सार्वजनिक नभए पनि यो सम्झौता पूर्ण भएपछि टाटा मोटर्सको अन्तर्राष्ट्रिय उपस्थिति उल्लेख्य रूपमा बढ्ने विश्लेषणकर्ताहरूको मान्यता छ।

सम्बन्धित समाचारहरू

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

आगामी असोज २४ अर्थात फूलपातीको दिन देखि प्रदर्शनमा आउने नयाँ नेपाली...

यी हुन् नेपाली बजारमा उपलब्ध सुरक्षित कार, जसले पाए क्र्यास टेष्टमा ५ स्टार रेटिङ

यी हुन् नेपाली बजारमा उपलब्ध सुरक्षित कार, जसले पाए क्र्यास टेष्टमा ५ स्टार रेटिङ

कार खरिद गर्नुअघि ग्राहकले लुक्स तथा डिजाइनको साथै सेफ्टि फिचरमा समेत...

आइसीई र इलेक्ट्रिक विकल्प भएको भारतको पहिलो कार टाटा कर्भको पेट्रोल र डिजेल संस्करण लन्च

आइसीई र इलेक्ट्रिक विकल्प भएको भारतको पहिलो कार टाटा कर्भको पेट्रोल र डिजेल संस्करण लन्च

टाटा मोटर्सले कर्भको पेट्रोल र डिजेल भेरिएन्ट लन्च गरेको छ । सो टाटा कर्भ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...