टाटा मोटर्स र स्टेलान्टिसको २० वर्षे सहकार्य, भविष्यका लागि नयाँ सम्झौतासहित थप विस्तार

टाटा मोटर्स प्यासेन्जर भेइकल र स्टेलान्टिसले आफ्नो २० वर्ष लामो साझेदारीको अवसरमा भविष्यका लागि नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यस विस्तारित साझेदारीले भारत र अन्तर्राष्ट्रिय बजारमा उत्पादन तथा इन्जिनियरिङ गतिविधिलाई थप मजबुत बनाउने लक्ष्य लिएको छ।

टाटा मोटर्स र स्टेलान्टिसबीचको यस सहकार्य अन्तर्गत हालसम्म १.३७ मिलियन भन्दा बढी सवारी साधन उत्पादन भइसकेका छन्। दुवै कम्पनीको ५०:५० संयुक्त उद्यम फियाट इन्डिया अटोमोबाइल्स प्राइभेट लिमिटेडले करिब ५ हजार जनालाई रोजगारी प्रदान गर्दै वार्षिक २ लाख २२ हजार सवारी साधन उत्पादन गर्ने क्षमता राखेको छ। हाल यस प्लान्टमा ४ वटा जीप ब्रान्डका र ३ वटा टाटा मोटर्सका सवारी साधन उत्पादन हुँदै आएका छन्।

स्टेलान्टिसको विश्वव्यापी प्रविधि र अनुभव तथा टाटा मोटर्स प्यासेन्जर भेहिकलको बलियो स्थानीय उत्पादन क्षमतालाई एकसाथ प्रयोग गर्दै फियाटले निर्माण, पावरट्रेन र आपूर्ति श्रृंखलामा महत्वपूर्ण उपस्थिति बनाएको छ। यो संयुक्त उद्यमले सवारी साधन उत्पादनमा मात्र नभई दुवै कम्पनीलाई एकअर्काको विशेषज्ञताबाट सिक्ने र दीर्घकालीन रूपमा सुदृढ हुने अवसर प्रदान गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...