गाडी किन्नेलाई यो बर्ष छैन नयाँ बर्षको उपहार
यसपटकको नयाँ बर्षमा नयाँ गाडी किन्न चाहने ग्राहकले कुनैपनि अफर र स्किम...
काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चितवनमा एक कार्यक्रममाझ टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ । कार्यक्रममा चितवनमा संचलित विभिन्न यातायात कम्पनीका अध्यक्षहरुले समेत सहभागीता जनाएका थिए ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ कमर्सियल भेइकल बिजनेस युनिटका एजिएम कृष्ण चन्दले चितवन जस्तो व्यस्त सहरी क्षेत्रमा टाटा म्याजिक बीएस६ ले यातायात क्षेत्रको लागि नयाँ आयाम थप्ने विश्वास ब्यक्त गरे । सिप्रदीले नेपालभर गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको उनको भनाई थियो ।
प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले टाटा म्याजिक बीएस६ सहरी यातायात र विद्यालय यातायातका लागि उपयुक्त मोडेल रहेको धारण ब्यक्त गरे । बीएस६ प्रबिधीका कारण प्रदूषण घटाउन र इन्धनको कुशल प्रयोग गर्न यसले मद्दत गर्ने उनको भनाई थियो ।
सिप्रदी ट्रेडिङले यसअघि नै नेपालमा ४ हजार भन्दा बढी टाटा म्याजिक गाडीहरू बिक्री गरिसकेको र बजारमा ९५ प्रतिशत हिस्सा ओगटेको पोख्रेलले जानकारी गराए ।
हालै नेपाल भित्रिएको टाटा म्याजिक बिएस६ मा ६९४ सीसी पेट्रोल इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ३० एचपी पावर र ५५ एनएम टर्क जेनेरेट गर्दछ भने इन्जिनलार्य ५–स्पीड गियरबक्ससंग जोडिएको छ । म्याजिकमा १३ इन्चका टायर, डिजिटल ओडोमिटर, इको स्विच, एबीएस, र एन्टि–रोल बारजस्ता विशेषताहरू छन् ।
यी विशेषताले यात्रुका लागि आरामदायी यात्रा र व्यवसायिक दृष्टिकोणबाट उच्च लाभ सुनिश्चित गर्ने कम्पनी भनाई छ ।
यसपटकको नयाँ बर्षमा नयाँ गाडी किन्न चाहने ग्राहकले कुनैपनि अफर र स्किम...
महिन्द्राले भारतीय बजारमा बीई ६ई एसयूभी लन्च गरिसकेको छ । कम्पनीले सो कार...
टाटा अल्ट्रोज रेसर भारतको सबैभन्दा छिटो ह्याचब्याक कार बनेको छ । यो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...