फूल चार्जमा ५०० किमी सम्मको रेन्ज दिने सिएराको इलेक्ट्रिक भर्सन लन्च गर्दै टाटा

टाटाले आफ्नो सिएरा ईभी एसयूभीको लन्चिङ मिति सार्वजनिक गरेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले सो ईभी सन् २०२६ मा लन्च गर्ने सम्भावना छ । कम्पनीले सिएरालाई इलेक्ट्रिक अवतारमा लन्च गर्नेछ र यो ५ डोर एसयूभी हुनेछ ।

कम्पनीले ३ डोर भएको सिएरा सन् २००० मा लन्च गरेको थियो । कम्पनीले अटो एक्सपो २०२० मा पहिलो पटक सिएरा ईभीको कन्सेप्ट सार्वजनिक गरेको थियो । त्यसपछि अटो एक्स्पो २०२३ दोस्रो कन्सेप्ट सार्वजनिक गरेको थियो ।

टाटा सिएरा ईभीमा पछाडिको सिट हटाएर सिट बढाउन मिल्ने विकल्पको हुनेछ । सो कार एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम र हिल होल्ड असिस्टको साथमा आउनेछ । यसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, पुश स्टार्ट एण्ड स्टप बटन, क्रुज कन्ट्रोल, अगाडि चार्जिङ पोइन्ट र मस्कुलर लुक्स हुनेछ । साथै ड्राइभर क्याबिन र पछाडि दुवैमा एयरब्याग जडान गरिनेछ।

रिपोर्टका अनुसार टाटा सिएरा ईभीको लम्बाइ ४१५० एमएम, चौडाइ १८२० एमएम र उचाई १६७५ एमएम हुनेछ । कारको ह्विलबेस २४५० एमएम हुनेछ । सो कारले एक पटक चार्ज गरेपछि ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ । सो एसयूभी एक्टीलेभ प्लेटफर्ममा आधारित हुनेछ। इलेक्ट्रिक सिएरा, ९० को दशकको सिएरा जस्तै हुन सक्ने अनुमान गरिएको छ ।

सो एसयूभीमा पाँच र सात सिटको विकल्प हुनेछ । यो कारको प्रारम्भिक मूल्य २५ देखि ३० लाख भारुसम्म हुने अनुमान पनि गरिएको छ ।

सम्बन्धित समाचारहरू

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

बिक्री सुरु भएको तीन वर्षभन्दा कम समयमै टाटा पन्च ४ लाख यूनिट बिक्री भएको छ...

टाटा गाडी किन्नेका लागि आयो विभिन्न अफर सहितको कलरफुल एक्सचेन्ज

टाटा गाडी किन्नेका लागि आयो विभिन्न अफर सहितको कलरफुल एक्सचेन्ज

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले...

क्रेटालाई पछि पार्दै नेक्सन वन्यो २०२२ मा सर्बाधिक विक्री हुने एसयूभी

क्रेटालाई पछि पार्दै नेक्सन वन्यो २०२२ मा सर्बाधिक विक्री हुने एसयूभी

काठमाडौं– सन् २०२२ मा भारतीय बजारमा सर्वाधिक विक्री हुने एसयूभीमा टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...