नाडामा सिएरा ईभी सार्वजनिक, नेक्सन ईभीको नयाँ भेरियन्ट लन्च, अन्य २ मोडलमा विशेष छुट
काठमाडौं–नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी...
काठमाडौं–टाटा मोटर्सले आफ्नो प्यासेन्जर कार व्यवसायका लागि नयाँ विश्वव्यापी ब्रान्ड पहिचान ‘टाटा.कार्स’ सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्ना सम्पूर्ण पेट्रोल, डिजेल तथा इलेक्ट्रिक कारको पोर्टफोलियोलाई एउटै एकीकृत ब्रान्डको छातामुनि ल्याउने उद्देश्यले यो कदम चालेको हो ।
टाटा मोटर्सका प्रबन्ध निर्देशक तथा सीईओ शैलेश चन्द्रका अनुसार यो केवल नयाँ ब्रान्ड पहिचान मात्र नभई भविष्यप्रतिको कम्पनीको स्पष्ट सोच र प्रतिबद्धताको घोषणा हो ।
डिजाइनका हिसाबले टाटाको प्रसिद्ध ‘टी’ लोगो र सडकका रेखाहरूको ज्यामितिबाट प्रेरित भएर ‘प्यारलल पाथवेज’ नामक नयाँ भिजुअल अवधारणा तयार पारिएको छ ।
यसमा ब्रान्डको परम्परागत नीलो रङलाई परिमार्जन गर्दै नयाँ ‘एम्बिसन ब्लु’ रङ समावेश गरिएको छ । यो नयाँ ब्रान्डिङ कम्पनीका डिजिटल प्लेटफर्म, सोरुम, सर्भिस सेन्टर तथा आधिकारिक सञ्चार माध्यमहरूमा लागू गरिने जनाइएको छ ।
नयाँ पहिचान प्रयोगमा आए पनि कम्पनीको दर्ता मानिएको कानुनी नाम भने साविक बमोजिम नै यथावत रहने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...