टाटा मोटर्सले फेरि पछि पा-यो महिन्द्रा र हुन्डाईलाई, उक्लियो नम्बर २ मा

टाटा मोटर्स फेरि भारतको दोस्रो ठूलो कार कम्पनी बनेको छ । गत मार्च महिनामा टाटा मोटर्सले महिन्द्रा एन्ड महिन्द्रा र हुन्डाई मोटरजस्ता कम्पनीहरूलाई पछि पारेको छ। पहिलो स्थानमा भने मारुती सुजुकी छ।

भारतीय अटोमोबाइल बजार प्रत्येक महिनामा नयाँ दिशा तर्फ अग्रसर हुँदै गएको देखिन्छ, जहाँ ग्राहकहरूको रोजाइ र कम्पनीहरूको रणनीतिहरू लगातार परिवर्तन हुँदै गएका छन्। एसयूभी सेग्मेन्टको लोकप्रियता अझै उच्चतम बिन्दुमा छ र ग्राहकहरू अहिले बढी प्रिमियम, सुरक्षित र प्रविधिमा उन्नत विकल्पहरू तर्फ आकर्षित भइरहेका छन्।

मार्च २०२५ मा पनि यो प्रवृत्ति स्पष्ट देखियो । हालै धेरै प्रमुख कार निर्माता कम्पनीहरूले आफ्नो मासिक बिक्री रिपोर्ट सार्वजनिक गरेका छन् । यी तथ्यांकहरूले कम्पनीहरूको वर्तमान उपलब्धि मात्र देखाउँदैन, तर उपभोक्ताहरू कुन ब्रान्ड र मोडलमाथि बढी विश्वास गरिरहेका छन् भन्ने पनि संकेत गर्छ।

मारुती सुजुकी फेरि भारतीय बजारको सर्बाधिक रुचाइएको कम्पनी नै बनेको छ भने टाटा, महिन्द्रा र टोयोटाजस्ता ब्रान्डहरूले उल्लेखनीय वृद्धि गर्दै सबैलाई अचम्ममा पारे। अर्कोतर्फ हुन्डाई जस्तो कम्पनीले केही गिरावटको सामना गर्नु परेको छ।

मार्च महिनामा शीर्ष ५ कार ब्रान्डको रुपमा मारुती सुजुकी, टाटा, महिन्द्रा, हुन्डाई र टोयोटा रहेका छन् । मारुती सुजुकीले मार्च महिनामा १ लाख ३२ हजार ४२३ युनिट बिक्री गरेको थियो भने टाटा मोटर्सले ४८ हजार ४६२ युनिट बिक्री ग-यो । पन्च र नेक्सन जस्ता मोडलका कारण टाटाले ४.२ प्रतिशत वृद्धि हासिल गरेको थियो ।

त्यसैगरी महिन्द्रा एन्ड महिन्द्राले ४६ हजार २९७ युनिट, हुन्डाईले ४२ हजार ५११ युनिट र टोयोटाले २३ हजार ३२८ युनिट बिक्री गरे ।

सम्बन्धित समाचारहरू

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

विश्वमै सबैभन्दा बढी ईभी बिक्री गर्ने कम्पनी बीवाईडीले सन् २०२३ का लागि...

टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख डाउनपेमेन्टमै पाइने, युवालाई विदेश पलायनबाट रोक्ने

टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख डाउनपेमेन्टमै पाइने, युवालाई विदेश पलायनबाट रोक्ने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...

के भविष्यमा हाइब्रिड कार राम्रो विकल्प हुन सक्छ ?

के भविष्यमा हाइब्रिड कार राम्रो विकल्प हुन सक्छ ?

हाइब्रिड कारमा पेट्रोल/डिजेल इन्जिन र इलेक्ट्रिक मोटर दुवैको प्रयोग हुन्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...